images

शनिवार, बैशाख २२ गते २०८१

वृज सिमेन्टद्वारा पाँचलाख प्रदान

वृज सिमेन्टद्वारा पाँचलाख प्रदान

images
images
images
बिहिवार, भाद्र ३१ २०७८
बिहिवार, भाद्र ३१ २०७८
  • वृज सिमेन्टद्वारा पाँचलाख प्रदान

    भैरहवा, ३१ भदौ । 
    घरले च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले आर्थिक सहयोग गरेको छ । घरले च्यापिएर ज्यान गुमाएका प्युठानको नौबहिनी गाउँपालिका–१, स्याउलीवाङका ३९ वर्षिय बोम बहादुर मल्लको परिवारलाई प्रा.लि.ले पाँचलाख रुपैयाँ प्रदान गरेको हो । निर्माण व्यवसायी स्व. बोम बहादुर मल्लको छोरी कुमारी मल्ललाई बिहीबार भैरहवामा वृज सिमेन्टका बजार प्रतिनिधिद्वय नारायण जि.सी. र पशुपति पौडेलले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    आफ्नो घरमा खरको छाना हटाएर जस्तापाता राख्ने क्रममा घरले च्यापिएर २०७८ जेठ ८ गते बोम बहादुर मल्लको मृत्यु भएको उनका भिनाजु अशोक बुढामगरले बताए । उनले वृज सिमेन्टले दिएको रकमले ठूलो राहत प्रदान हुने बताए । घर निर्माण, ढलान लगायतका विभिन्न संरचना निर्माणमा वृज सिमेन्ट प्रयोग गर्ने निर्माण व्यवसायीलाई प्रा.लि.ले गरिदिएको दुर्घटना बीमावापतको रकम मृतकका परिवारलाई प्रदान गरिएको हो । 

    कम्पनीको एक्सर्ट मेसन क्लब योजना अन्तर्गत निर्माण व्यवसायीलाई कम्पनीले गरिदिएको दुर्घटना बीमावापतको रकम मृतकका परिवारलाई प्रदान गरिएको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नुमिन्द्र पौडेलले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij