
बिहिवार , भाद्र ३१, २०७८
तिलोत्तमा, ३१ भदौ ।
तिलोत्तमा चेम्बर अफ कमर्स (व्यापार संघ) को आठौं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५३ युनिट रगत संकलन भएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरी, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारी, नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, प्रमुख सल्लाहकार रुपन्देहीबाट प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारी, संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखा समिति, सल्लाहकार समिति, पूर्व कार्यसमिति, पूर्व लेखासमिति, पूर्व सल्लाहकार समिति, उद्योगी, व्यवसायी एवं कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले संस्थाले गरेका व्यवसायिक एवं सामाजिक कार्यहरु प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको अझ बढी प्रगतिको कामना गरेकी थिइन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारीले अब सबै पक्ष सकारात्मक रहेको हुँदा छिट्टै आफ्नै भवन निर्माण कार्य सुरु हुने जानकारी गराए ।
अध्यक्ष बाबुलाल भुसालले संघले गरेका व्यवसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडी बढाउदै लैजाने बताए । कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारी, नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, रुपन्देही व्यापार संघ प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारी, संस्थाका महासचिव विष्णु बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महासचिव विष्णु बरालको सञ्चालन तथा समुन्द्र श्रेष्ठको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij