२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

दुईलाख राशीको रोटरी सेवा पदक स्वास्थ्य विधामा 

शनिवार , आश्विन २, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल, २ असोज ।
    रोटरी क्लब अफ बुटवलले यस वर्ष स्वास्थ्य विषयमा रोटरी सेवा पदक प्रदान गर्ने भएको छ । दुईलाख रुपैयाँ राशीको रोटरी सेवा पदक प्रदान गरिने क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिए । यस वर्ष स्वास्थ्य विषयको क्षेत्रमा योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिने रोटरी सेवा पदकका लागि क्लवले नेपालभरिका रोटरी क्लव तथा जिल्ला प्रशासन कार्यालयबाट त्यस्ता व्यक्ति वा संस्थाले पुर्याएको योगदानसहितको नाम सिफारिश गर्न आह्वान गरेको छ ।

    क्लबले हरेक दुई वर्षमा रोटरी सेवा पदक प्रदान गर्दै आएको क्लबका पूर्व अध्यक्ष नारायण प्रसाद पन्थले बताए । शिक्षा, स्वास्थ्य सरसफाई र सामुदायिक कार्यहरु, सिप श्रृजना र विकास, गरिबी निवारण, जनउपयोगी खोज, नारी उत्थान र लैगिक समानता विषयमा रहेर क्लबले पुरस्कार प्रदान गर्दे आएको छ ।

    क्लबले यसअघि नारी उत्थान र लैंगिक समानताको क्षेत्रमा काम गरेको बुटवल ६ मा रहेको साधना महिला विद्यालय, शिक्षा क्षेत्रबाट सुवर्ण कुमारी श्रेष्ठ र जनउपयोगी खोज विषयमा महाबिर पुनलाई रोटरी सेवा पदकबाट सम्मान गरिसकेको छ ।