images
images

आइतवार, जेठ ६ गते २०८१

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा न्यौपाने

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा न्यौपाने

images
images
images
आइतवार, आश्विन ३ २०७८
आइतवार, आश्विन ३ २०७८
  • होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा न्यौपाने

    भैरहवा, ३ असोज ।
    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन सिद्धार्थनगर, रुपन्देहीको आठौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पिताम्बर न्यौपाने (विष्णु)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । न्यौपानेले यस अघि महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी भैरहवाको आवारोडस्थित बुनु रेष्टुरेण्टका सञ्चालक हुन् ।

    images
    images
    images

    संगठनको वरिष्ठ उपाध्यक्षमा राम प्रसाद पोखरेल, प्रथम उपाध्यक्षमा लिलाधर भट्टराई, द्वितीय उपाध्यक्षमा मधु ज्ञवाली, महासचिवमा राजेश महोत्रा, सचिवमा बाल बहादुर घिमिरे, कोषाध्यक्षमा नरेन्द्र खनाल र सह–कोषाध्यक्षमा गुनाम्बर गौतम निर्वाचित भएको निर्वाचन समिति संयोजक सुरेन्द्र बस्यालले बताए ।

    त्यस्तै सदस्यमा कल्पना न्यौपाने, सितादेवी इटनी, हुमनाथ ढकाल, चेतनारायण आचार्य, नरेश अधिकारी, दिनबन्धु खनाल र दल बहादुर थापा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य तथा संगठनका कानूनी सल्लाहकार प्रख्यात बन्जाडेले जानकारी दिए ।
    साधारणसभा तथा अधिवेशनको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले उद्घाटन गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij