
शनिवार , आश्विन ९, २०७८
भैरहवा, ९ असोज ।
उद्योग व्यापार संगठन रुपन्देहीको शनिबार भैरहवामा सम्पन्न ७ औं अधिवेशनले अनिल कुमार ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । ज्ञवालीले यस अघि संगठनको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । जसको वरिष्ठ उपाध्यक्षमा दर्पण श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा रामचन्द्र रेग्मी, उपाध्यक्ष (वाणिज्य) मा कृष्ण बहादुर गुरुङ, महासचिवमा सचिन रोक्का, कोषाध्यक्षमा राम मिलन यादव, सचिवमा टिकाराम भट्टराई र सह–कोषाध्यक्षमा मधुसुदन अर्याल रहेका छन् । त्यस्तै संगठनको एशोसियट सदस्यमा सुरेन्द्र त्रिपाठी, सदस्य (उद्योग) मा प्रभु प्रसाद यादव, सुरेन्द्र कुमार पाण्डे र लक्ष्मण भण्डारी निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्य (वाणिज्य) मा राम प्रसाद सापकोटा, विष्णु प्रसाद उपाध्याय, भोला बहादुर क्षेत्री, गौतम कुमार गुप्ता, धिरज कुमार मल्लिक, प्रकाश प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद पाण्डे र मिनिता थापा रहेका छन् । त्यस्तै सदस्य (महिला)मा विन्दु न्यौपाने र माया शर्मा खनाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij