images

मंगलवार, बैशाख २५ गते २०८१

न्यायको लागि पैदल हिडँदै नेपालगंजबाट बुटवल, न्याय नपाए काठमाडौँ पुग्ने तयारी

न्यायको लागि पैदल हिडँदै नेपालगंजबाट बुटवल, न्याय नपाए काठमाडौँ पुग्ने तयारी

images
images
images
सोमवार, आश्विन ११ २०७८
सोमवार, आश्विन ११ २०७८
  • न्यायको लागि पैदल हिडँदै नेपालगंजबाट बुटवल, न्याय नपाए काठमाडौँ पुग्ने तयारी

    बुटवल । यतिबेला एउटा टोली बुटवलको मुख्यमन्त्री कार्यालय अगाडि छ । उनीहरु न्याय माग्नको लागि नेपालगंजबाट हिड्दै काठमाडौँ सम्म जानको लागि हिडेका हुन्। घरेलु हिंसामा परेकी महिलाको मृत्युलाई आत्महत्या भन्दै प्रहरी प्रशासनले घटना लुकाउन खोजेको भन्दै महिला समुह आन्दोलित छ । उनीहरु एक महिलाको अत्या भएको आशंका र एक महिला बेपत्ता हुँदासमेत प्रहरीले समन्वयकारी भूमिका नखेलेको भन्दै आन्दोलिन भएका हुन्।

    images
    images
    images

    यस्ता छन् मुख्य दुई घटना

    गत साउन ५ गते बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबीको शव भेटिएको थियो । उनको शब घरमै  झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनाको विषयमा अनुसन्धान पनि भयो , प्रहरीको अनुसन्धानले धोबीको मृत्यु आत्महत्याबाट भएको अनुमान गरेको थियो । प्रहरीको अनुमानलाई अस्पतालले पनि सदर गर्दे आत्महत्याले मृत्यु भएको पुष्टि गर्‍यो। 

    उनको यो हत्यालाई परिवारले आत्महत्या बनाउन पैसाको चलखेल गरेको बताउँदै एउटा समुहले घटनामा अनुसन्धान गर्न माग समेत गरे । तर प्रहरीले यो विषयमा थप अनुसन्धान गरेन । हामीले प्रतिक्रिया लिन खोज्दा समेत प्रहरीले अस्पतालको रिपोर्ट नै ठोस प्रमाण रहेको बताउँदै शंकास्पद प्रमाण वा तथ्य फेला पारे मात्रै पुनः अनुसन्धान गरिने बताएको छ । 

    यो संगै नेपालगंज परस्पुर गाउँकी निर्मला कुर्मी गत वर्षको मंसिरमा बेपत्ता भइन्। आफन्तले १६ मंसिरमा प्रहरीमा किटानी जाहेरी दिए। तर अनुसन्धान भएन। प्रहरीले उनको मृत्यु भइसकेको जानकारी दियो। महिला बेपत्ता हुँदा समेत संवेदनशिल नहुने प्रहरीको नियतीमाथी आवाज उठाउँदै महिला अधिकारकर्मीहरु तथा परिवार आन्दोलित भएका हुन् । नेपालगञ्जमा भएका यी दुई घटनाको अनुसन्धानको माग गर्दै अहिले पीडित परिवार र महिला अधिकारकर्मीको टोली न्याय माग्न काठमाडौंसम्म पैदल यात्रा गर्दै छ। नेपालगञ्जबाट हिँडेको टोली ९ दिनमा शनिबार बुटवल आईपुगेका थिए। 

    यसो भन्छन आन्दोलनकर्मी

    नेपालगंजमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँके अगाडि भर्ना दिएपनि त्यहाँबाट न्यायको ढोका बन्द भएकोले मुख्यमन्त्रीको आशामा बुटवल आएको आन्दोलनमा सहभागिहरु बताउँछन्। ‘नेपालगञ्जमा न्यायको ढोका बन्द भएपछि हामी न्यायको खोजीमा काठमाडौं हिँडेका हौँ’, उक्त आन्दोलनमा सहभागी रुवि खानले भनिन्।
    ११ महिला र ३ पुरुषको टोली काठमाडौं पुगेर थप सशक्त आन्दोलन गर्ने तयारीमा रहेको उनले बताइन्।

    ‘निर्मला कुर्मीको अपहरणमा संलग्न भएको भन्दै बादशाह कुर्मीविरुद्ध किटानी दिए पनि प्रहरीले चासो दिएन। हाम्रो माग पीडित परिवारले न्याय पाउनुपर्छ भन्ने हो’, उनले भनिन्, ‘न्याय माग्दा अपमान गर्ने र अधिकारकर्मीलाई मद्दा चलाउनेलाई विभागीय कारबाही हुनुपर्छ।’ 

    मृतक नन्कुन्नी धोबीका भाइ माताप्रसाद धोबीले दिदीको न्यायका लागि काठमाडौं पुगेर सबै पक्षसँग सहयोग माग्ने बताए। ‘देशमा न्याय रहेछ भने पाइएला। तर न्याय ठूलाहरूको पहुँचमा रहेछ भने त के भन्नेरु’ उनले भने। उनले काठमाडौं पुगेर प्रधानमन्त्री शेर बहादुर देउवालाई न्याय माग गर्दै ज्ञापन पत्र समेत बुझाउने बताए।242692980_193056639577914_2719011996024872791_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij