
आइतवार , आश्विन १७, २०७८
भैरहवा, १७ असोज ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१६, रुपन्देहीको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले १७ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले जनउत्थान नाम मात्रै नभएर समाजको उत्थानका लागि अघि बढ्दै गरेको बताइन् । उनले संस्थामार्फत समाजमा रहेका हरेक वर्गको उत्थान र विशेष गरी गरीबी न्यूनीकरण गर्ने उद्देश्य रहेको बताइन् । हाल ८ वटा सेवा केन्द्रमार्फत संस्थाले सेवा दिइरहेको उनको भनाइ छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार श्यामलाल खरेल, ईश्वरचन्द्र पोखरेल, तिलोत्तमा नगर कार्यपालिका सदस्य एच.बी. रम्तेल, यम बहादुर थापा, मेघराज पुन, चेतराम पराजुली, कार्यदल सदस्य शिव गौडेल, परामर्श कार्यदलका सीता भट्टराई, शंकर प्रसाद गौतम, हस्त बहादुर हितांग, अर्जुन आचार्य लागायतले जनउत्थान सहकारीले सञ्चालन गर्दै आएकोे सामाजिक तथा आर्थिक र समाज रुपान्तरणका लागि गरेको कार्यको प्रशंसा गरेका थिए ।
साधारणसभामा निल प्रसाद पुनले आर्थिक प्रतिवेदन र सचिव सरु रानाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष गिरी प्रसाद पुनको स्वागत तथा सचिव सरु रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीमा हाल २५ हजार ६५ जना शेयर सदस्य आबद्ध रहेको संस्थाका व्यवस्थापक रन बहादुर थापाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij