images

शनिवार, बैशाख २२ गते २०८१

जनगणनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको  विवरण संकलनमा कन्जुस्याइँ नगर्न माग 

जनगणनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको  विवरण संकलनमा कन्जुस्याइँ नगर्न माग 

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • जनगणनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको  विवरण संकलनमा कन्जुस्याइँ नगर्न माग 

    बुटवल । २०६८ सालपछि जनगणना २०७८ सालमा भइरहेको छ । अर्को जनगणना २०८८ सालमा हुनेछ । यो जनगणनामा छुटेका वा छुट्याइएका देशको जनसंख्या मा पर्ने छैनन् । जनगणनाको लागि विभिन्न गणक तथा सुपरिवेक्षकहरुलाई खटाइएको छ । उनीहरुले ल्याएको सूचनाको आधारमा सरकारको तथ्यांक विभागले जनसंख्याको अभिलेखीकरण गर्नेछ। 
    रुपन्देहीमा पनि जनगणना चलिरहेको छ, तर ती जनगणनामा खटिएका गणक तथा सुपरिवेक्षकहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा नसोधेको गुनासो आउन थालेको छ।  
    बुटवल मिलन चोक घर भएकी पत्रकार अमृता अनमोलले पनि आफ्नो घरमा आएका जनगणना गणकहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विषयमा कुनै प्रश्न नगरेको बताउँछिन् । घरमा कोही यौनिक तथा लैङ्गिक अल्पसंख्यक भएमात्र सोध्ने प्रचलन रहेको हुन सक्ने भएकोले आफू यो विषयमा उनीहरुसँग प्रतिप्रश्न नगरेको उनले बताइन् । उनले आफ्नो टोलमा सबै सङ महिला पुरुष मात्रै सोधेको उनले जानकारी दिइन्। 

    images
    images
    images

    बुटवल सुख्खानगर घर भएका चुन्न प्रसाद पौडेल पनि आफ्नो घरमा आउँदा अन्य लिङ्गको बिषयमा कुनै प्रश्न सोधेको बताउँछन् । उनले आफूहरु बस्ने टोलमा तेस्रो लिङ्गी तथा अन्य समुदायका व्यक्तिहरु रहेको तथा नपाएकोले यसतर्फ ध्यान नदिएको बताए। निलहिरा समाज नेपालकी अध्यक्ष एवं तेस्रोलिङ्गी आनिक रानाले आफु बस्ने घरमा पनि गणक आउँदा महिला पुरुष मात्रै सोधेको र तेस्रोलिंगी तथा अन्य लिङ्गको बिषयमा कुनै प्रश्न नसोधेको गुनासो गरिन् । 

    उनले भनिन्, " रुपन्देहीमा पछिल्लो समय खुलेका तथा खुल्न बाँकी रहेका गरिब तेस्रो लिंगीहरूको संख्या चार हजार भन्दा बढी छ । तर यो जनगणनाको रिपोर्टले अत्यन्तै न्यून तेस्रो तथा अन्य लिङ्गीको संख्या हुनेछ। जुन हाम्रो लागि निकै दुःखद कुरा हो ।"

    उनले दुई दुई पटकसम्म जनगणना गणकहरुलाई तेस्रोलिंगीको विषयमा अभिमुखीकरण दिँदापनि यो कुरालाई समावेश नगरिनु आफूले लापरवाही भएको उनको ठहर छ। उनले यसरी गरिएको जनगणनाले तेस्रोलिंगी तथा अन्य लिंगी हरूको सत्यतथ्य तथा हुबहु तथ्यांक नआउन सक्ने शंका ब्यक्त गरिन्।

    तेस्रो लिङ्गी तथा अन्य लिङ्गीको संख्या एकिन नहुँदा सरकारले दिने सेवा सुविधामा समेत वञ्चित हुनुपर्ने अवस्था आउने बताउँदै यसतर्फ बेलैमा सबैको ध्यान जानुपर्नेमा जोड दिईन।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij