images

शनिवार, बैशाख २२ गते २०८१

ती दुवै मूर्ख हुन्  

ती दुवै मूर्ख हुन्  

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • ती दुवै मूर्ख हुन्  

    भैरहवा । म अक्क न बक्क परें माधव कुमार नेपाल मेरो बैठक कोठाको सोफामा गजधम्म परेर बसेको देखेर । मनमा धेरै उत्सुकता जाग्यो । यि रौतुहटबासी कोटेश्वरमा घरजम गरेर त्यतै बसिरहेका आज मेरो कोठामा आनन्दले बसेका थिए । हजारौं प्रश्नहरु मनमा उम्लिरहे.....छडकेको भात झैं ।

    के भनौं के नभनौं ? उनीसंग मेरो गोरु बेचेको साइनो पनि छैन भन्दा पनि उनी प्रधानमंन्त्री हुँदा शासक र शासितको सम्बन्ध नभएको होइन । उनी बडो आरामले मेरो सोफामा बसेको देखेर म आफैं छक्क परें । त्यति ठूला नेता मेरो घरमा आएका छन,चियासम्म त सोध्नै पर्ला भनेर मनमनै बिचार गीररहेको थिएँ हठात माधव नेपाल आफैंले भन्न थाले, “ हेर्नुहोस, तपाईंको सोफामा गजधम्म परेर किन बसेको भनेर सोच्नु भएको होला, म तपाईंकोमा मात्र होइन बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डकोमा गएर पनि यसरी नै बस्ने हो । मलाई कुनै रोक टोक छैन । अँ, तर त्यो ओलीकोमा चाहीं गेटबाट भित्र छिर्न डर डर लाग्छ, जान त  पाइएला तर सोफा हैन पीर्कामा पो बस्न देला भनेर ........। यतिका बर्ष सँगै काम गरियो, आखिर मलाई छोडनै प¥यो ।” मैले उनको कुरा सुनिरहें । एउटा प्रश्न गर्न मन लाग्यो सोधें,“पार्टी नै चाहीं नफुटाएको भए हुन्थ्यो कि ?” मैले बडो संयम र मीठो आवाजमा प्रश्न तेर्साएँ ।

    चश्मा मिलाउँदै थोरै आक्रोसित हँदै भने,“पार्टी मैले फुटाएको हुँदै होइन , यो त मलाई बाध्य पारेर “पार्टी”  बनाउन धकेलियो । म लरतरो टेर्ने मान्छे हो र ? पाटी त बनाउने तर पाटी बनाउन इँटा नपुग्ने भएर म झण्डै रसातलतिर भासिन पुगें तर धन्न शेरबहादुरजीले २० प्रतिशत ईंटाको ब्यवस्था गरिदिएको हुुनाले यो पार्टी खडा छ । बुझनु भो ? शेरबहतदुरजीले पनि पार्टी फुटाएर पाटी बनाएकै हो । तर पछि पार्टी र पाटी एक भएर कत्रो शक्तिशाली प्रधानमन्त्री हुनुभएको छ.........यो शेरबहादुरको यात्रालाई म पनि अगाडि बढाउँ कि जस्तो लागेको छ ।

    म छक्क परें उनको तर्कमा दम थियो । कुराकानी त हुँदै जाला तर पहिले चियाको प्रस्ताव गर्न मन लाग्यो । “नेपालजी चिया पिउने कि ?” 

    “अरे रिजालजी बिहान बिहान के को चिया ? चियाको जमाना गयो, छ भनें थोरै होली वाइन खाउँ कि ?”

    आश्र्चयचकित भएँ म , होली वाइन कताबाट ल्यउने होला , छैन भन्न पनि बिहानै आएका पाहुना ।  पाँच मिनट पर्खन आग्रह गर्दै म बाहिरिएँ र पल्लो घरमा गएर एक कटौरा लिएर आएँ र दिएँ । उनले पिए, मुख बिगारे, बटारे र जिब्रो फटकारे । सोधे , “यो के हो ?” मैले सहज जवाफ दिएँ, “यही हो हाम्रो होली वाइन अर्थात गउँत” ।

    images
    images
    images

    उनलाई मेरो ब्यवहारले आकर्शित गरेर हो वा के ले हो , हाँस्तै भने,“रिजालजी तपाईं पनि आश्र्चय गर्नु हुन्छ हामी नेताले सबै कुरा थाह पाउनै पर्छ , धन्यबाद” भनेर उठे । मैले बस्न आग्रह गरें । मैले बिनम्रताका साथ सोधें “तपाईंलाई साथ दिनेहरु कता गए ? देउवाले तपाईंलाई सहयोग गर्लान्” ? नेपालले हाँस्तै भने, “अरे जाने जान्छन् आउने आउँछन पाटीमा आउन जान कुनै रोकटोक छैन ओलीलाई ठीक परेर फर्कन्छन् भनी आस गरेर पाटी कुरेर बसेको छु । जहाँ सम्म तपाईंको प्रश्न छ देउवाले सहयोग गर्छन् गर्दैनन् भनेर .....उनले मलाई सहयोग नगरेर कस्लाई गर्ने ? प्रचण्ड र म भनेको ऐलेको अवश्थामा  देउवाका दुई खुट्टा हौ., हामीलाई ठेस मात्र लाग्यो भनें तिनको टाउको फुट्छ ।”

    “शेरबहादुरले ऐले सम्म मंन्त्रीमण्डल किन पुरा नगरेका होलान् ? तपाईं त उनको नजिकको मान्छे ?” मेरो कुरा सुनेर उनी थोरै उत्तेजित भए र भनें,“मेरो मान्छे नपरी मन्त्रमण्डल कसरी पुरा हुन्छ ? अग्रगमनका लागि नै हतार नगरेको हो , प्रतिगामीहरु मन्त्रमण्डल पूर्ण भएन भनेर भन्छन् ,यो अग्रगमनको यात्रा हाम्रो सत्तरोहण पछि मात्र शुरु हुन्छ । जबसम्म हामी सत्तामा जाँदैनौ तबसम्म यस्तै हुन्छ । अरे कुरा बुझौ न दुई बैसाखिले टेको नदिए सम्म यो सरकारले पूर्णता पाउँदैन” ।

    “कृपया मेरो एउटा जिज्ञासा छ ,त्या पनि शान्त पारीदिनु न ” मैले नम्र भएर भनें ।

    “ल भन्नुहोस” नेपालले अनुमति दिए ।

    “तपईंले नेकपा एमाले किन छाडनु भयो ?”

    केही उत्तेजित हुँदै भन्छन्, “किन बस्नु ? त्यति लामो समय पार्टीमहासचिव भएर पार्टी हाँकेको मान्छेलाई वास्तै नगर्ने ? भाउ नदिने ? अनि त्यस्ता ठाउँमा कोही बस्छ ?”

    मैले एउटा प्रश्न सोझ्याएँ, “यस्तै हालत नेपाली काग्रेसमा पनि भएको थियो गणेशमान र कृष्णप्रसादलाई ...तर उनीहरु निश्कृय बने पार्टी खोलेनन् , तर पनि नेपाली काग्रेसका प्रत्येक पार्टी अफिसहरुमा सम्मान साथ उनीहरुको फोटो राखिएको छ । नेपाली काँग्रसले उनहिरुलाई संझन्छ त ?”

    माधव नेपाल जुरुक्क उठदै भने, “ति दुवै मूर्ख हुन् , पाटी खोल्नु पर्दथ्यो ”(क्रमश)

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij