images

शनिवार, बैशाख २२ गते २०८१

यात्रु नागरिक सहायता कक्ष स्थापना

यात्रु नागरिक सहायता कक्ष स्थापना

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • यात्रु नागरिक सहायता कक्ष स्थापना

    भैरहवा, १८ असोज । 
    हिन्दुहरुको महान चाड वडादशै, दिपावली र छठ पर्व–२०७८ लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले यात्रु नागरिक सहायता कक्ष स्थापना गरेको छ । कार्यालयले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया, बुटवल उपमहानगरपालिकास्थित नयाँ बसपार्क र भैरहवास्थित सिद्धार्थ बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरेको हो ।

    images
    images
    images

    जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट तयार पारिएको सुरक्षा योजना बमोजिम चाडपर्वको अवधिमा जिल्लाभित्र आउने र बाहिरिने यात्रुहरुको सुविधा र सहजीकरणलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । वृद्ध–वृद्धा, अपांगता भएका व्यक्ति लगायतका फरक क्षमता भएका यात्रुहरुलाई विशेष ख्याल गरी सहज यात्राको वातावरण बनाउन समेत यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको थापाले जानकारी दिए । आइतबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीको उपस्थितिमा कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

    यात्रु सहायता कक्षबाट प्रदान हुने सुविधाहरु के के हुन् ?

    १. महान चाड विजया दशमी र दिपावलीको अवसरमा विशेष गरी रुपन्देही जिल्लाको विभिन्न स्थान हुँदै भित्रिने र बाहिरिने विभिन्न सवारीसाधनहरुमा सवार गर्ने यात्रुहरुलाई तोकिएको दर रेट भन्दा बढी भाडा असुल उपर भएमा खबर गर्न ।

    २. हाल महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण फैलन नदिन सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले अनिवार्य मास्कको प्रयोग लगायतका स्वास्थ्य सावधानी पालन गरे नगरेको निगरानी गर्न । 

    ३. सार्वजनिक सवारीसाधनहरुमा यात्रा गर्दा आफ्नो सामानहरु हराएमा वा छुटी जाने भएमा तत्काल खबर गर्न ।

    ४. सार्वजनिक सवारी साधनहरुमा टिकट बुकिङ्ग भएको अवस्थामा यात्रु अलपत्रमा परी आफुले टिकट बुकिङ्ग गरेको सवारीसाधन छुटी गएमा खबर गर्न । 

    ५. सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुहरुको बहुमुल्य सामानहरु चोरी, लुटपाट भएमा वा हराएमा खबर गर्न । 

    ६. सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा कुनै पनि व्यक्तिबाट दुव्र्यवहार भएमा रिपोर्ट गर्न । 

    ७. सार्वजनिक सवारीसाधनहरुमा यात्रा गर्ने महिलाहरु माथि कुनै पनि किसिमले यौनजन्य दुर्व्यबहार भएमा सो को रिपोर्ट गर्न । 

    ८. तोकेको गन्तव्यमा सार्वजनिक सवारी साधनले यात्रुहरु नपुर्याएमा, चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएमा, क्षमता भन्दा बढी असुरक्षित तरिकाले तथा छतमा यात्रुहरु राखी जोखिम पुर्ण यात्रा गराएमा कारवाही गर्न । 

    ९. सवारी साधनहरुमा यात्रा गर्ने क्रममा यात्रुहरुको स्वास्थ्य सम्बन्धी समस्या आएमा तत्काल रिपोर्ट गर्न ।

    यात्रुहरुलाई कुनै पनि प्रकारको सेवा, सुविधाहरुको बारेमा गुनासो, सुझाव र आवश्यकता परेमा निःशुल्क नम्बर १०० र प्रहरी कन्ट्रोल रुम ९८५७०९०४८२ र ९८५७०९०६२२ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह समेत गरेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij