images

शनिवार, बैशाख २२ गते २०८१

बुटवल लगानीमैत्री र व्यवसायिक वातावरणमा मुलुकमै प्रथम

बुटवल लगानीमैत्री र व्यवसायिक वातावरणमा मुलुकमै प्रथम

जीआइजेडद्वारा उत्कृष्ट नगरको अवार्ड प्रदान

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • बुटवल लगानीमैत्री र व्यवसायिक वातावरणमा मुलुकमै प्रथम

    बुटवल, १८ असोज । 
    लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगर मुलुककै पहिलो भएको छ । व्यवसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवललाई उत्कृष्ट स्थान प्राप्त भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड) ले विषयगत विज्ञहरुमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरि त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलले बताइन् ।

    images
    images
    images

    स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यमीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ सर्वेक्षण गरिएको जीआइजेडले जनाएको छ । सोही मूल्यांकनका आधारमा बुटवल मुलुकमै पहिलो भएको हो । जीआइजेडले बुटवललाई लगानीमैत्री र व्यवसायिक वातावरणमा मुलुकमै उत्कृष्ट नगरका रुपमा अवार्ड प्रदान गरेको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीलाई जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलसहित आएको जीआइजेडको टोलीले प्रमाण पत्र र अवार्ड प्रदान गरेको थियो । 
    स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणका बारेमा विज्ञहरुले सर्वेक्षण गरेका थिए । सोही आधारमा व्यवसायिक वातावरण सर्वेक्षण (बीजनेश क्लाइमेट सर्वे) २०२०÷२०२१ को नतिजा प्रकाशन गरी अवार्ड प्रदान गरिएको थियो ।

    244205900_2260972590711429_4999240889259684552_n.jpg

    सो अवसरमा प्रमुख सुवेदीले बुटवलले यसअघिको आर्थिक विकास रणनीतिलाई  पुनरावलोकन गर्न लागेको र लगानीमैत्री वातावरण बनाउन नयाँ रणनीति बनाइरहेको बताए । उनले समृद्ध बुटवल र खुशी बुटवलबासीको लक्ष्य अनुरुपका काममा सार्वजनिक र निजी साझेदारी हुने भन्दै सहकार्यका लागि आग्रह गरे । बुटवलसंगको सहकार्यमा रहेको जीआइजेडलाई प्रमुख सुवेदीले धन्यवाद ज्ञापन गरे । आर्थिक सम्बन्ध विस्तार गरी लगानीका लागि प्रोत्साहन गर्दै सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासीको लक्ष्य हासिल गर्नेतर्फ बुटवलका योजना केन्द्रित भएको प्रमुख सुवेदीले बताए । बुटवलले आवधिक र सहरी विकास गुरुयोजना सहितको दीर्घकालीन महत्वका योजना बनाएर सोही अनुरुपका काम अगाडि बढाएको छ । यिनै कामको आधार, व्यवसायमा भएको लगानीको अवस्था, लगानीका नयाँ क्षेत्रको पहिचान र वातावरण, रोजगारीको अवस्था, नयाँ रोजगारीका क्षेत्रको विकास लगायतका कामको अवस्थाको मूल्यांकन गरिएको थियो । बुटवलमा भएको रोजगारीको अवस्था, साना तथा मझौला व्यवसायको क्षेत्र र तिनमा कार्यरत एवम् आश्रितहरुको अवस्थालगायतका विषयमा पनि सर्वेक्षण भएको थियो । रोजगारीको अवस्था र क्षेत्रका बारेमा आइएलओले सर्वेक्षण गरेको थियो । 

    243698057_1976344335873413_8169122357375947477_n.jpg

    बुटवलमा करदातालाई प्रोत्साहन, हजारौंले लिए छुट

    करको दायरा वृद्धि गरी आन्तरिक आम्दानी बढाएको बुटवल उपमहानगरपालिकाले करछुटका विभिन्न व्यवस्थाहरु ल्याएपछि हजारौं करदाताहरु लाभान्वित भएका छन् । उपमहानगरपालिकामा जननिर्वाचित जनप्रतिनिधीको आगावन पछि गएका तीन आर्थिक बर्षयता बढिरहेका करदाताहरुलाई प्रोत्साहन गर्न कर छुटका विभिन्न व्यवस्थाहरु ल्याएको थियो । 

    गएका चार आर्थिक वर्षमा २३ हजार चार सय तीन जनाले व्यवसाय कर, ७० हजार ८ सय १९ जनाले सम्पत्ति कर र १२ हजार २ सय ८ जनाले घर बहालकरमा १० देखि २५ प्रतिशतसम्म कर छुट लिइसकेको उपमहानगरको तथ्यांकमा छ । उक्त अवधिमा व्यवसाय करमा १० प्रतिशत छुट लिने १५ हजार ६ सय ४५ जना रहेका छन् भने २५ प्रतिशत छुट लिने ६ हजार २ सय ६५ जना रहेका छन् । त्यस्तै सम्पत्ति करमा उपमहानगरपालिकाले विभिन्न अवधिमा १० र १५ प्रतिशत कर छुट दिएको छ । १० प्रतिशत कर छु लिने कर दाताहरु ४८ हजार ७८ जना रहेका छन् भने १५ प्रतिशत कर छुट लिनेहरु २२ हजार १ सय ४१ जना रहेका छन् । त्यस्तै बहालकर तर्फ कार्तिक १० प्रतिशत कर छुट लिनेहरुको संख्या ८ हजार चार सय ३६ रहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

    २५ प्रतिशत कर छुट लिनेमा ३ हजार ७ सय ७२ जना रहेका छन् । कोभिडको महामारीमा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा सबै खाले करमा भारी छुट दिएको थियो । जसअनुसार उक्त आबमा व्यवसाय करमा २५ प्रतिशत, सम्पत्ति करमा १५ प्रतिशत र घर बहाल करमा २५ प्रतिशत कर छूट दिएको थियो । व्यवसाय कर, घरबहाल करमा पहिलो चौमासिकमा २५ प्रतिशत, दोस्रो चौमासिकमा १५ र अन्तिम चौमासिकमा ५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर करदाता यदी महिला, अपांगता भएका र यौनिक अल्पसंख्यक रहेछन् भने उनीहरुलाई सम्पत्ति कर, व्यवसाय कर र घरबहाल करमा थप ५ प्रतिशत छुटको व्यवस्था गरेको राजश्व शाखाका अधिकृत दामोदर ज्ञवालीले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij