२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

उद्योग व्यापार संगठन रुपन्देहीको सचिवमा लक्ष्मण भण्डारी

शनिवार , आश्विन २३, २०७८

भैरहवा, २३ असोज । 
उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) को सचिवमा लक्ष्मण भण्डारी मनोनित भएका छन् । दुईवटा सचिव पदमध्ये एकजना अधिवेशनबाट र अर्को कार्यसमिति बैठकबाट मनोनित हुने संगठनको विधानबमोजिम भण्डारीलाई मनोनित गरिएको हो । उनी असोज ९ गते संगठनको १४ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट एशोसियट सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए । 

भण्डारीलाई शुक्रबार भैरहवामा आयोजना गरिएको पदस्थापना कार्यक्रममा सपथ ग्रहण गराइएको थियो । भण्डारीले उद्योगी व्यवसायीको हकहितमा काम गर्ने र संगठनलाई अगाडी बढाउन लागिपर्ने बताए ।