२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड : पूर्व उपप्रधानमन्त्री पौडेल

शनिवार , आश्विन २३, २०७८

बुटवल, २३ असोज । 
पूर्व उपप्रधान, अर्थ तथा गृहमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद पौडेलले निजी क्षेत्रको प्रबद्र्धनका लागि उद्योग व्यवसायमैत्री नीति आवश्यक रहेको बताएका छन् । उद्योग व्यवसायको प्रबद्र्धन बिना समृद्धि हासिल हुन नसक्ने बताउदै पौडेलले राज्यले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको निजी क्षेत्रको मनोबल उच्च बनाउदै लैजानुपर्ने उल्लेख गरे ।

रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधारणसभा तथा २२ औं अधिवेशनमा अवसरमा बोल्दै पौडेलले उद्योग, कलकारखाना विकास गरी आर्थिक समृद्धि हासिल गर्न समग्र औद्योगिक क्षेत्रको बिकासमा जोड दिनुपर्ने बताए ।

निर्माणाधिन बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भइहेको मानवीय अतिक्रमण रोक्न सरकारसंग आग्रह गर्दै पौडेलले १ हजार उद्योग क्षमताको औद्योगिक करिडोर निर्माणको काम तत्काल अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।