२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

उद्योग व्यापार संगठन तिलोत्तमामा प्रेम बहादुर घर्ती

शनिवार , आश्विन २३, २०७८

बुटवल, २३ असोज ।
उद्योग व्यापार संगठन तिलोत्तमाको सातौ साधारणसभा तथा चौथो अधिवेशनले प्रेम बहादुर घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संगठनको शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष दिनेश खनाल, उपाध्यक्ष शोभा पराजुली, भुपति न्यौपाने, महासचिव हेमलाल न्यौपाने, सचिव युवराज पराजुली, सह–सचिव सुर्य चापागाई, कोषाध्यक्ष सन्जु थापा, सह–कोषाध्यक्ष मित्र न्यौपानेसहित १८ जना सदस्य तथा आठ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत चयन भएको हो । 

साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा उद्योग व्यापार रहेको बताए । उनले कोभिड–१९ का कारण देश नै आक्रान्तले ठूलो समस्यामा परेको भन्दै उनले विस्तारै न्यूनीकरणको क्रममा रहेको बताए । ‘अझै पनि हामी डर र त्रासमा छौं, ’उनले भने । मुलुक नै आक्रान्त हुँदा यसबाट सबै पक्ष प्रत्यक्ष अप्रत्यक्ष प्रभावित भएको भन्दै अब विस्तारेै गति लिने उनले बताए । सरकारी तहबाट लिइने सेवाहरुमा उद्योगीहरुलाई छुट र सहुलियतको व्यवस्था गरेर थोरै भए पनि सम्बोधन गरेको उनले बताए । नेपालको विकासको रफ्तारलाई ५–१० वर्षको खाडलमा पुर्याउने संक्रमणबाट भएको भन्दै सरकार पहल गरेर सबैको साथ र सहयोगमा गति लिने गरी अघि बढेको बताए । कृषि, पर्यटन, उद्योग प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण पाटो भएको उनले बताए । संगठनबाट क्षेत्रगत आधारमा कस्तो उद्योग राख्न सकिन्छ भन्ने अध्ययन गरेर रिपोर्ट तयार गर्न सके सरकारलाई दिर्घकालिन योजना बनाउन सहयोग मिल्ने उनले बताए ।

संगठनका तिलोत्तमा अध्यक्ष सत्यव्रत ज्ञवालीले राष्ट्रिय अर्थतन्त्रमा ब्यापार संगठनको भूमिका महत्वपूर्ण रह पनि सरकारबाट आवश्यक नीति अभावका कारण समस्या झेल्नुपरेको बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाएको उनले बताए । कोभिड–१९ को संक्रमण तथा निशेषाज्ञाको बेला व्यापार, पर्यटन क्षेत्र धराशाउी हुन पुगेको भन्दै सरकारबाट विशेष योजना ल्याउन उनले सुझाव दिए । कोभिडविरुद्धको खोप लगाउन सरकारको पहल महत्वपूर्ण रहेको स्मरण गर्दै उनले आगामी दिनहरुमा पनि विशेष सहयोगको अपेक्षा राखेका थिए। कार्यक्रममा संगठनलाई वर्षभरी सहयोग गर्ने व्यक्ति, संगठनहरुलाई समेत सम्मानपत्रबाट सम्मानित गरिएको थियो। 

संगठनका लुम्बिनी प्रदेशका अध्यक्ष मनिष कुमार जोशी, महासचिव खिमनारायण पराजुली, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक नारायण जि.सी., उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्द राज गैरे, सैनामैनाका अध्यक्ष राजेन्द्र घिमिरे, संगठन तिलोत्तमाका उपाध्यक्ष प्रेम घर्ती मगर, सचिव हेमलाल न्यौपानेले उद्योगी तथा व्यवसायीहरुलाई एकतावद्घ गर्दै हकहितमा अग्रसर हँुदा सहकार्य अघि बढेको बताए। संगठनमा १ हजार सदस्यहरु आवद्ध छन् ।