२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

३० करोड लगानीमा भैरहवामा सञ्चालनमा आयो क्यासिनो प्याराडाईज 

शनिवार , आश्विन २३, २०७८

भैरहवा, २३ असोज । 
भैरहवामा रहेको ४ तारे होटल नान्समा क्यासिनो प्याराडाईज सञ्चालनमा आएको छ । विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएको उक्त क्यासिनोमा नेपालबाहेक अन्य मुलुकका पर्यटकले पनि खेल्न पाउने क्यासिनो प्याराडाईजले जनाएको छ ।यस क्षेत्रमा अर्थतन्त्र चलायमान बनाउन क्यासिनो सञ्चालनमा ल्याएको सञ्चालक अमित गुप्ताले बताए । उनले करिब ३० करोडको लागतमा मिनी क्यासिनो सञ्चालनमा ल्याएको बताए । उनले क्यासिनोमा अहिले ५२ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जनाए ।े गुप्ताले यसै क्षेत्रमा केही गरौ भन्ने उद्देश्यले उक्त क्यासिनो सञ्चालनमा ल्याएको बताए ।

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता र होटल नान्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर क्यासिनो उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ताले अर्थतन्त्र चलायमान बनाउन विभिन्न क्रियाकलाप आवश्यक रहेको बताए । उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवाको पर्यटकीय विकासको लागि धेरै काम गर्न बाँकी रहेको बताए ।
सन २०१० मा ३ तारे होटलको रुपमा स्थापना भएको होटल नान्स निषेधाज्ञा पछि ४ थप निर्माण गर्दै ४ तारे होटलको रुपमा अद्यावधिक भएको यसको सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले बताए । अहिले लगानी बढाएर १ अर्बको हाराहारीमा पुर्याएको श्रेष्ठले बताए । तारे होटलको विभिन्न सुविधा रहेको ६१ वटा डिलक्स रुमहरु रहेको उनले बताए । 

क्यासिनो प्याराडाईजमा तत्कालको लागी रुलेट, बक्रा, अन्डरबार, किट्टी, क्यासिनो वार जस्ता खेलहरु रहेको यसका व्यवस्थापक सरोज अर्यालले जानकारी दिए । यस्तै स्लटका विभिन्न खेलहरु समेत रहेको अर्यालले बताए । भारतीय पर्यटक लक्षित क्यासिनोमा भारतीय पर्यटकलाई सीमाबाट ल्याउने लैजाने सुविधा समेत प्रदान गरिएको उनले बताए । 

IMG_4505.JPG