२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रुपन्देहीमा साढे १६ लाख बराबरको अवैध सामान बरामद

शनिवार , आश्विन २३, २०७८

भैरहवा, २३ असोज ।
रुपन्देही प्रहरीले साढे १६ लाख बराबरको अवैध सामान बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरिएको १६ लाख ४४ हजार २ सय ६० रुपैयाँ बराबरको अवैध मोबाइल, कपडा र मोटरसाइकलसहित बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत विभिन्न प्रहरी इकाईहरुले बिहीबार र शुक्रबार विभिन्न क्षेत्रबाट अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदह, बुटवल  उपमहानगरपालिका–११ मझुवा, मर्चवारी गाउँपालिका–६ फुलबरिया, रोहिणी गाउँपालिका–३ रामनगर चोक, कोटहीमाई गाउँपालिका–३ मुर्दहवाघाट र सिद्धार्थनगर नगरपालिका–२ बाट अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।