२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लुम्बिनी होटल संघको अध्यक्षमा गोविन्द ज्ञवाली

आइतवार , आश्विन २४, २०७८

भैरहवा, २४ असोज ।
लुम्बिनी होटल संघ, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार लुम्बिनीमा सम्पन्न भएको छ ।

अधिवेशनले गोविन्द प्रसाद ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा शेखर कार्की, वरिष्ठ उपाध्यक्षमा लिलामणि शर्मा पौडेल, महासचिवमा पुरुषोत्तम अर्याल, सचिवमा भुपेन्द्र गुरुङ, कोषाध्यक्षमा किरण प्रसाद कंडेल र सह–कोषाध्यक्षमा किरण चन्द्र पौडेल निर्वाचित भएको निर्वाचन संयोजक प्रख्यात बन्जाडेले बताए । त्यस्तै संघको सदस्यमा खिम श्रेष्ठ, प्रविन्द्रराज शाक्य, पदमा न्यौपाने, पुष्पाखर न्यौपाने, घनश्याम गुप्ता, धिरज गुप्ता, पिन्टुलाल बनिया र टिका कुमारी कट्टेल निर्वाचित भएका छन् ।