२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रुपन्देहीमा १२ लाख बराबरको अवैध सामान बरामद

मंगलवार , आश्विन २६, २०७८

भैरहवा, २६ असोज ।
रुपन्देही प्रहरीले करिब १२ लाख बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले ११ लाख ९१ हजार २ सय ५० बराबरको अवैध सामान बरामद गरी मोटरसाइकलसहित भन्सार कार्यालय बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय तथा कार्यालयमातहत विभिन्न प्रहरी ईकाईहरुले असोज २२ देखि २५ गतेसम्म अवैध सामान फेला पारी स्थानीय व्यक्तिहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको तथा नेपालबाट भारतर्फ लैजान भण्डारण गरी राखिएको सामान बरामद गरिएको डीएसपी थापाले जानकारी दिए । बरामद गरिएको सामानमा मटर, चामल, चप्पल, कपडा, मोबाइल, झ्याल ढोका, सुर्ती लगायत रहेको उनले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित खुनगाई, वडा नम्बर ९ स्थित महजिदिया, वडा नम्बर १० स्थित महिलवार, ११ स्थित मसिना, १३ स्थित ठुलो वडबलिया सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी,  सिद्धार्थनगर–१ स्थित बेलहिया, बुटवल उपमहानगरपालिका– ९ स्थित ईटाभट्टी र रोहिणीबाट अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।