२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रुपन्देहीमा साढे ६ लाख बराबरको अवैध काठ बरामद

शनिवार , कार्तिक ६, २०७८

भैरहवा, ६ कात्तिक ।
रुपन्देही प्रहरीले साढे ६ लाख बराबरको अवैध काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत विभिन्न प्रहरी इकाईहरुले आ–आफ्नो वडा एरियाबाट अवैध काठ फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित खुनगाईबाट लु.स.न.पा.–१० पिपलपतियाका २७ वर्षिय जितेन्द्र यादवले लु १ त १२६१ नम्बरको ट्याक्टरमा अवैध रुपमा बिना कागजात सिसौ ओसारपसार गरिएको अवस्थामा ओसारपोसार गरिरहेको अवस्थामा फेला पारिएको रुपन्देही प्रहरीले जनाएको छ । 

१५ गोलिया काठ अन्दाजी मूल्य ४ लाख (ट्याक्टर)सहित बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए ।

त्यस्तै ईलाका प्रहरी कार्यालय रुद्रपुर मातहत प्रहरी चौकी ब्यहोरीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका–१ कुत्तागाउबाट लु ६१ प ९४९७ नम्बरको मोटरसाईकलमा लोड गरेको अवस्थामा काठ फेला पारेको छ ।

सालको काठ गोलिया एक थान र खाली जमिनमा रहेको ३ गोलिया गरी जम्मा ४ गोलिया अवैध सालको काठ (३८ दशमलव ७२ क्युफिट र मोटरसाइकलसमेत) गरी २ लाख ४५ हजार बराबरको अबैध काठ बरामद गरी आवश्यक कारवाहीको लागि कञ्चन सब डिभिजन कार्यालय फायरलाईन रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।