२०८२, कार्तिक ३० गते

Nov 16 2025 | २०८२, कार्तिक ३० गते

प्रभु लाइफ इन्स्योरेन्स भैरहवा शाखाद्धारा अन्तरक्रिया र अभिकर्ता सम्मान 

सोमवार , कार्तिक ८, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ८ कात्तिक ।
    प्रभु लाइफ इन्स्योरेन्स भैरहवा शाखाले बीमा जनचेतना बढाउन आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ । भैरहवा शाखाका प्रबन्धक कमलेश्वर अग्रहरीको सभापतित्वमा भएको कार्यक्रममा शाखाले हालै नियुक्त भएका कम्पनीका प्रदेश प्रमुख कृष्णकुमार पुरीलाई स्वागत समेत गरेको छ । 

    कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई प्रदेश प्रमुख पुरीले बीमा अभिकर्तालाई प्रशिक्षण समेत दिएका थिए । प्रभु लाइफले ल्याएको बीमाका योजना र बीमा अभिकर्ताले गर्नुपर्ने कामको विषयमा पुरीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । अप्रेसन इन्चार्ज अनिता पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    248182066_247281960785288_6235699874123138818_n.jpg