images

शनिवार, बैशाख २२ गते २०८१

तरुण दल सिद्धार्थनगरले मनायो स्थापना दिवस

तरुण दल सिद्धार्थनगरले मनायो स्थापना दिवस

images
images
images
बुधवार, कार्तिक १० २०७८
बुधवार, कार्तिक १० २०७८
  • तरुण दल सिद्धार्थनगरले मनायो स्थापना दिवस

    भैरहवा, १० कार्तिक ।
    नेपाल तरुण दलले ६८ औं स्थापना दिवसको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरी मनाएको छ । त्यसै क्रममा तरुण दल सिद्धार्थनगर समितिले स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण गरेको छ । 
    तरुण दलले सिद्धार्थनगर–३ मा रहेको नव यात्रा लागूऔषध पुनःस्थापना केन्द्रमा खाद्यान्न बितरण गरेको हो । 

    images
    images
    images

    तरुण दल सिद्धार्थनगरका सभापति दिपेन्द्र बुढापृतिको सभापतित्व, नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सविधानसभा सदस्य जन्नतुन निसा, कांग्रेस रुपन्देहीका सदस्य सुरेन्द्रजंग थापा, क्षेत्र नम्बर ३ का सचिव सुशील गुरुङ, लेखनाथ भट्टराई, तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ, कांग्रेस नगर सभापति कोशिष बहादुर खड्का, मिलन विश्वकर्मा, कुशल कुमार उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले स्थापना दिवसमा तरुण दलले रचनात्मक काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij