२०८२, कार्तिक ३० गते

Nov 16 2025 | २०८२, कार्तिक ३० गते

रुपन्देहीमा साढे २३ लाख बढीको अवैध सामान बरामद

बिहिवार , कार्तिक ११, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ११ कात्तिक ।
    रुपन्देही प्रहरीले साढे २३ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । बुधबार र बिहीबार जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी इकाईहरुले आ–आफ्ना वडा एरियाबाट गरी २३ लाख ८५ हजार ४ सय २ रुपैयाँको अवैध सामान बरामद गरेको हो ।

    अवैध सामानसहित भारतीय नम्बर प्लेटको कार र मोटरसाइकलसहित भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । भन्सार छलेर भारतबाट ल्याइएका अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरिएको डीएसपी थापाले जानकारी दिए ।

    सिद्धार्थनगर–१ का विभिन्न स्थान, रोहिणी गाउँपालिका–२, तिलोत्तमा नगरपालिका–१५, सम्मरीमाई गाउँपालिका–४ लगायतका स्थानबाट कपडा, चिनी, स्विमीङग प्याड, खजुर, मसाला, लगायतका सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।