
मंगलवार , कार्तिक १६, २०७८
भैरहवा, १६ कात्तिक ।
रुपन्देही प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरीक्षक हरि नारायण श्रेष्ठको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–४ पकडिहवाबाट उक्त काठ र ट्याक्टर बरामद गरेको हो ।
लु २ त ४६११ नम्बरको ट्याक्टरमा लोठ गरिरहेको अवस्थामा अवैध सगुन र बकाइनो तथा ट्याक्टरसहित ५२ गोलिया कोठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
ट्याक्टरसहित करिब ७ लाख ५० हजार मूल्य बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij