images

शुक्रवार, चैत्र १६ गते २०८०

संघर्षको कथा : फूल बेचेरै चार छोराछोरीलाई उच्च शिक्षा

संघर्षको कथा : फूल बेचेरै चार छोराछोरीलाई उच्च शिक्षा

images
images
images
मंगलवार, कार्तिक १६ २०७८
मंगलवार, कार्तिक १६ २०७८
  • संघर्षको कथा : फूल बेचेरै चार छोराछोरीलाई उच्च शिक्षा

    भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित मैत्रीपथमा रहेको शिव मन्दिरसंगै एउटा सानो सटर छ। त्यो सटर खुलेको २५ वर्ष भयो। २०५३ सालमा खुलेको उक्त सटरमा फूलको व्यापार सुरु गरियो।  बुद्धिसागर सैनी मालीले त्यो सटरमा फूलको व्यवसाय सुरु गरेका हुन्। सीमावर्ती भारतसंग जोडिएको भैरहवामा सयपत्री, मखमली, गुर्धौली लगायतका प्राकृतिक फूलको प्रवर्द्धनका लागि व्यवसाय सुरु गरेको मालीे अहिले यही व्यवसायबाटै जमेका छन्।

    images
    images
    images

    उनले व्यवसाय सुरु गर्दा २०५३ सालमा उक्त सटरको भाडा ८ सय रुपैयाँ थियो। अहिले यही सटरको भाडा २ हजार ५ सय रुपैयाँ तिर्दै आएका छन्। माली भन्छन् “सुरुमा भैरहवा मैत्रीपथमा रहेको नारायण क्लोथमा काम गर्न आउँथे, २०३५ सालदेखि २०५२ सम्म १७ वर्ष नारायण अग्रवालज्यूको पसलमा काम गरे। त्यी बेला मेरो मनमा आफैले सानै भए पनि व्यवसाय गर्नुपर्छ भन्ने सोच आएर फूलको व्यवसाय गर्न सुरु गरेको हुँ।”

    उनले आफ्नो जात नै माली भएकाले फूल व्यवसायमा लागेको बताए। सुरुमा प्रतिमाला २० रुपैयाँमा बेचेका मालीले अहिले प्रतिमाला ८० देखि १ सय रुपैयाँसम्ममा विक्री गर्ने गरेको बताए। ‘सुरुसुरुमा कहिलेकाहीं ३/४ वटा माला मात्रै बेच्थे, कहिले त एउटा माला पनि विक्री हुने थिएन, कहिले कुहेर र त कहिले सुकेर खेर जान्थ्यो, उनले भने अहिले भने फूलको मालाको महत्व पनि बढ्दै गएकाले विक्री पनि बढ्दै गएको छ।’ मैले जतिबेला यो पेशा सुरु गरे त्यति बेला भैरहवामा फूलको माला किन्ने चलन खासै थिएन। तर म यही पेशाबाटै अगाडि बढ्ने अठोटका साथ लागे अहिले त्यो अठोटले सार्थकता पाएको छ। उनी भन्छन् ‘सुरुसुरुमा त फूलमाला ल्याउँदै सुकाउँदै केही कुहाएर फाले, तर कहिल्यै हार मानिन, सायद भगवान भोलेनाथको शरणमा भएर होला विस्तारै व्यापार बढ्दै गयो।’

    उनले व्यवसाय सुरु गर्दा भैरहवामा फूलको व्यवसाय सुरु गर्ने फूल घर उनको मात्रै थियो। विवाह, ब्रतबन्ध पुजाआजा, सभा समाहरोमा उनले नै फूलका माला पुराउने गरेको बताए। व्यवसाय गर्दै जाँदा पसलमा भिड बढ्न लागेको उनको भनाइ छ। समयक्रमसंगै बिभिन्न ठाँउबाट अर्डर आउन लाग्यो।

    बुटवल, पाल्पा नारायणगढ लगायतका ठाउँबाट समेत अर्डर आउने गरेको सञ्चालक मालीको भनाई छ। माली भन्छन् ‘पहिला फूलघर भनेपछि आँखा बन्द गरेर पनि मेरो पसलमा आउँथे, अहिले भने भैरहवामा धेरै फूलका पसलहरु खुलेका छन्, त्यसकारण अहिले ग्राहक पनि बाडिएका छन्।’ अहिले कतिपय ग्राहक ठूलो पसल जता छ त्यतैतिर जाने गरेका छन्, तर मेरोमा आउने ग्राहक त अहिले पनि आइरहनु भएको छ।

    मालीका अनुसार पछिल्लो दुई वर्ष कोरोनाले गर्दा ठूलो समस्या पारेको छ। सरकारलाई कर, घर भाडा, गोदाम भाडा दिइरहनु परे पनि सोचे अनुसारको व्यापार नहँुदा अहिले समस्या बढ्दै गएको बताए। पहिला जस्तो विवाह, पुजा, सभा सम्मेलन कार्यक्रम त्यति धेरै भएका छैनन्, त्यसको असर फूलको व्यवसायमा पनि परेको छ। उनले तिहारको लागि भनेर एकलाख बराबरको फूल मगाएको बताए। उनी भन्छन् ‘नेपालमा फूल उत्पादन कम हुने हुनाले चाडपर्वमा फूल प¥याउन ग्राहो हुने गरेको छ। अहिले पनि नेपालको अलवा भारतकोे कोलकत्ता, दिल्ली, लखनउ लगायतका स्थानबाट फूल आउने गरेको मालीको भनाइ छ।

    नारायणगढमा पनि फूल घर
    उनको पसलमा चितवनको नारायनगढबाट फूलको माग धेरै आएपछि अहिले त्यहाँ पनि फूलघरको नाममा नै पसल राखेको बताए। भैरहवामा सानो सटरबाट सुरु गरेका मालीले भैरहवाका साथै चितवनमा पसल खोलेका छन् भने छोराछोरीलाई राम्रो तरिकाले उच्च शिक्षा पढाएका छन्।

    उनका तीन छोरी र एक छोरा छन्। फूल माला बेचेरै उनले छोरालाई एम.बी.ए, छोरीहरुलाई क्रमशः एमए, बि.ए र बी.फार्मा पढाएको बताए। ‘अहिलेसम्म फूल बेचेर कमाएको सम्पति भन्नु नै छोराछोरीलाई उच्च शिक्षा दिनु हो, ’उनले भने। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij