२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

रुपन्देहीमा अवैध काठ र पिकअपसहित तीनजना पक्राउ

बिहिवार , कार्तिक १८, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १८ कात्तिक ।
    रुपन्देही प्रहरीले अवैध काठ र पिकअपसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका–५ का २३ वर्षिय राकेश यादव, ३३ वर्षिय नरेश यादव र छप्र मकासथाना मद्रापुरा भारतका ३७ वर्षिय केशव कुमार साह तेली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देही मातहत प्रहरी चौकी ठर्की रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार मर्चवारी गाउँपालिका–६ ठर्किबाट काठ बरामद गरेको हो ।

    लु १ ज २९९९ नम्बरको पिकअपमा अवैध रुपमा ल्याउँदै गरेको ५ लाख ५० हजार बराबरको २७ पिस सगुनको काठ (पिकअपसहित) र पिकअप चालकसहित तीन जनालाई नियन्त्रणमा दिइ काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको रुपन्देही प्रहरीले जनाएको छ । त्यस्तै केशव कुमार साह तेलीलाई भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।