शुक्रवार, मंसिर १७ गते २०७८

निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

images
images

खबर पात्रो

२१, कार्तिक २०७८
  • 345
    SHARES
  • निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु
    images

    २१ कात्तिक : नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ । 

    यहाँका उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । शुक्रबार राति भएको सो दुर्घटनाका १५ जनालाई भने जिवीतै उद्धार गरिएको थियो । सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्ट नभए पनि यहाँका उद्धार अधिकारीहरुले करिब ४९ जनाका आफन्तले आफ्ना सदस्य हराएका बताएका जनाएका छन् । रासस

    images
    प्रकाशित मिति :कार्तिक २१, २०७८ आइतवार - १३:४९:५५ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro