images

शनिवार, बैशाख ८ गते २०८१

म त पत्रकार पो हो त !

म त पत्रकार पो हो त !

images
images
images
सोमवार, कार्तिक २२ २०७८
सोमवार, कार्तिक २२ २०७८
  • म त पत्रकार पो हो त !

    भैरहवा । सबै भन्दा गाह्रो काम आफुले आफ्नै बिरुद्धमा लेख्नु नै होे । सबैले चाहान्छन् आफु बिरुद्ध कसैले नराम्रो न भनोस् तर यो संसारभर संभव छैन । म आफुलाई  आफुलाई ठुलै पत्रकार मान्दछु । अरुले मानोस या नमानोस त्यो मेरो चिन्ताको विषय रहेन। मसँग ठूलो पत्रकार हुने यथेष्ट फर्मुलाहरु छन्। यदि त्यसलाई तपाई पत्रकारहरुले पनि अंगिकार गर्नुभयो भने राम्रो हुन्छ, भविष्य सुन्दर हुन्छ तथा तपाईको घरमा समृद्धि आउँछ ।

    images
    images
    images

    पत्रकारिता गर्दा मैले जिवनमा धेरै दुख र हण्डर खाएँ। त्रि चन्द्र कलेजमा पढ्दा मसँग चुरोट खाने पैसा पनि हुने थिएन, साथिहरुले खाँदै गरेको ठुटो चुरोट “ए खै ले त” भनेर मागेर खान्थे, आखिर मलाई पनि त तल तल लाग्दथ्यो। त्रि चन्द्र पढ्दा ( वि.स. २०३२/३३) मलार्ई कसरी पढाई खर्च पुर्‍याउने होला भनेर धौ धौ हुन्थ्यो । त्यसताका काठमाडौँ खाल्डोबाट दैनिक एवं साप्ताहिक पत्रिकाहरु निस्कन्थे तर आजकल जति धेरै होइन्। पत्रिकाहरु कहिले “ब्याण्ड” गर्दथ्यो सरकारले कहिले मुद्या जितेर फेरी प्रकाशनमा आउथ्यो । मलाई पत्रकारीता गर्ने सनक छुट्यो अनि मैले एउटा पत्रिकामा साने लेख लेखे, शीर्षक राखे “नपुंसक सरकार” । लेख छापिएको भोलीपल्ट म पक्राउ परे पुलिसले दुई चार घुस्सा र मूक्काको पुरस्कार पनि दिए, एउटा कागज गराएर छाडे। 

    मेरो सुरुवाती पत्रकारीताको उद्घाटन घुस्सा र मुक्काबाट शुरु भएको हो। तीन दिन प्रहरीले राखेर मलाई छोडिदियो । म निन्याउरो मुख लगाएर फर्के, खल्तिमा चिया चुरोट खाने पैसा सम्म थिएन । आफ्नो डेरा तिर जादै थिए, मैले लेख छापेका पत्रिकाका सम्पादक भेटिए।

    “ओ हो बाबु छुट्नुभयो ? स्याबास ! तपाईको कलमले त तहलका मच्चायो नि त्यो दिनको सबै पत्रिकाहरु बिके । अब फेरि कलम चलाउन छोड्नु हुन्न है ” भनेर ढाप मारे । 
    आफनो ढाडमा परेको लठ्ठीको डाम अनि प्रहरिले मेरो शरीरमा गरेको पेनाल्टी शुट बारे केही भनीन टाउको हल्लाएँ ।  उनले मलाई पाँचसय रुपैयाँको नोट निकालेर दिए । म त छाङ्गाबाट खसे झैँ भएँ ।  सोधे “किन र ?”

    “बाबु ! यो त मेरो तर्फबाट” यति भनेर उनी गए । अब मलाई प्रहरीको लाठ्ठी र पेनाल्टी सुटको केही पनि वास्ता रहेन किन हो किन अघि सम्म दुखको घाउ पनि दुखेन । म आफ्नो सानो कोठामा आएर पसारिएँ, बडो आनन्द आइरहेको थियो ।

    प्यूठ्यूभरि  निलढाम र प्रहरीको लात्तीलाई मैले आफ्नो पत्रकारीताको शुरुवात ठाने । घरबाट पढ्ने खर्चले मेरो गुजारा चल्न सक्ने भएन, सोचे यही कलम प्रयोगबाट मैले अर्थ आर्जन गर्नुपर्छ। वि.ए.को प्रवेश लिए तर कलेज गइन। कलेज जानुको अब अर्थ रहेन । म लेख्न थाले वास्तवीकता पनि लेखे त्यसमा मलजल गरेर झुटको पुलिन्दा पनि बनाए । हुँदाहुँदा त्यही बेला म स्थापित पत्रकार बनें। 

    ठूला नेताहरु, व्यापारीहरु, घुस खोर, साहुहरु अनि जनतामारा कमिशन खोरहरुलाई साथी बनाएँ। म सँग अलि अलि पैसाँ पनि हुन थाल्यो, एउटा मोटरसाइकल किनें, यति सम्म आउन मलाई पाँच वर्ष लाग्यो । वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलन र विद्यार्थी नेता बलबहादुर के.सी., शरण विक्रम मल्ल र कैलाश कार्कीलाई ठेलामा घुमाउँदा मैले पक्ष र विपक्ष दुवैमा आफ्नो लेख लेखे तरिका मिलाएर...!

    तरिका मिलाउन पनि जान्न पर्ने रहेछ। पंचायत समर्पित पत्रिकामा “हुकुमको एक्का”नामले बहुदलबादीहरुलाई सत्तोसराप गर्दै लेख्दथे भने बहुदल समर्पित पत्रिकामा आफ्नै नाम राख्दथे। यसो गर्दा मलाई दुई फाईदा भए आन्दोलनकारीहरुले पत्रकारको मसिहा ठाने भने सरकारी पक्षले व्यवस्थाको कट्टर समर्थक पत्रकार । अनी मलाई त्यसपछि कहिल्यै अर्थ अभाव भएन । त्यसपछि पनि मलाई प्रहरीले बेला बेलामा पक्रन्थे तर पहिलेको जस्तो व्यवहार हुँदैनथ्यो । मेरा फर्माइसहरु सबै पुरा हुन्थे किनकि “हुकुमको एक्का” भनेको प्रहरीहरु जान्दथे। त्यसैले जेल मेरा लागि तीर्थस्थल बन्यो। जति पल्ट म जेल जान्थे, त्यति नै मेरो इज्जत, मान र प्रतिष्ठा बढद्थ्यो।

    युवा जोश जाँगर थियो वि.स. २०४७ साल पछिका दिनहरुमा म हुकुमको एक्कबाट जोक्कर बने । जता पनि मिल्ने जसलाई पनि आफ्नो कोप भाजन बनाउने । सबै भन्दा गाह्रो मलाई माओबादी युद्ध कालमा भयो, एक पल्ट झण्डै ज्यान गएन । माओबादी विरुद्ध नलेख्ने सर्तमा म बचें। वि.सं २०६२/६३ को आन्दोलन मेरा लागि वरदान सावित भयो । राज्य पक्षको अर्थ सहयोगमा काठमाण्डौँमा चार तले बुकुरो बनाए । अलि पाको पनि भइसकेको थिए, छोरा छोरीलाई पनि राम्रै शिक्षा दिएँ। ठूला राजनैतिक कर्मीहरु म कहाँ आउँथे, अन्तरवार्ताका लागि अनुरोध गर्थे।
    मैले स्नातक पनि पास गर्न सकेको थिइन तर प्रोफेसरहरु डा. साहेबहरु मेरा अगाडि बौना झेँ उभिन्थे । उनिहरुको विद्वता, प्रखरता ज्ञान सबै मेरा अगाडि फिका हुन्थे । म सिधै प्रधानमन्त्रीसँग सम्पर्क गर्न सक्थे ।

    अहिले हेर्छु प्राय पत्रकारहरु मेरै पद चिन्ह चले झैँ लाग्छ । प्रदेशका मन्त्री र मुख्यमन्त्रीका पछाडि हात धोएर लागेको देख्छु। उनीहरुलाई मेरो सुझाव छ पहिले हुकुमको एक्का बन त्यसपछि जोकर पहिले नै जोकर बन्यौ भने हुकुमको एक्का कहिल्यै हुन सक्तैनौ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij