२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

रम्भा गाउँपालिकाद्वारा शिक्षकको दुर्घटना बीमा

सोमवार , कार्तिक २२, २०७८

रामपुर (पाल्पा), २२ कात्तिक ।
पाल्पाको रम्भा गाउँपालिकाले शिक्षक र कर्मचारीको दुर्घटना बीमा गरेको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत ४५० शिक्षक र कर्मचारीको निःशुल्क दुर्घटना बीमा गरिएको हो । गाउँपालिकाले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी बीमा गरेको हो । पालिकाका ३७ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको बीमा गरिएको हो । 

एक वर्षका लागि गरिएको उक्त सम्झौता अनुसार बिमितको दुर्घटनामा परेर घाइते भएमा रु ३० हजारसम्मको रकम दाबी तथा मृत्यु भएमा मृतकका परिवारलाई रु तीन लाख रकम भुक्तानी हुनेछ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा पेशाप्रतिको मनोबल बढाउन शिक्षक र कर्मचारीको निःशुल्क दुर्घटना बिमा गरिदिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । रासस