२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

२ करोड लगानीमा भैरहवामा खुल्यो मिड टाउन पार्टी प्यालेस

शुक्रवार , कार्तिक २६, २०७८

भैरहवा, २६ कात्तिक ।
रुपन्देहीको भैरहवामा २ करोडको लगानीमा पार्टी प्यालेस संचालनमा आएको छ । विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएका स्थानीय १० जना यूवाहरुको लगानीमा मिड टाउन पार्टी प्यालेस शुक्रबारबाट सञ्चालनमा आएको हो ।

सिद्धार्थनगर नगरपालिका–८ अशोकपथमा अवस्थित ७ कठ्ठा क्षेत्रफलमा निर्मित पार्टी प्यालेसको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष शर्माले पार्टी प्यालेसको पेशा सेवाको पेशा भए पनि कठिनमध्येको पेशा रहेको बताए । सम्बन्ध, सम्पर्क र सेवा भावले प्रभाव पार्ने भएकोले चुनौती भए पनि लगानीलाई निकाल्न अथक प्रयास गर्न उनले आग्रह गरे ।

भैरहवावासी यहीको सेवा लिनका लागि यस्ता पार्टी प्यालेस अझै खुल्न जरुरी रहेकोले यसले मात्र यो क्षेत्रको माग पुरा नहुने बताए । ‘संघले एउटा व्यवसायी मात्र सफल होस् भन्ने चाहदैन, सबै उद्योगी व्यवसायी सफल हुुनुपर्छ, ’शर्माले भने । सेवा लिन बाहिर जानु भन्दा स्थानीयलाई नै प्राथमिकतामा राखी सेवा लिन उनले आग्रह गरे ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसंगै यहाँँको धेरै घर होमस्टे हुने बताउँदै गुणस्तरीय र अत्याधुनिक हुन पनि जरुरी रहेको बताए । जनघनत्व बढेसँगै यस्ता पार्टी प्यालेसको माग बढ्ने भएकोले उच्च सेवा प्रदान गर्न सबैलाई आग्रह गरे ।

party palace (2).jpg

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका कोषाध्यक्ष राममिलन यादव, मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार लगायतले बजारमै थपिएकोे पार्टी प्यालेसले आर्थिक मात्र नभई पर्यटनलाई पनि चलायमान बनाउने, पार्टी प्यालेसको सञ्चालनले भैरहवा क्षेत्रलाई गुल्जार गर्ने, भैरहवा र यस क्षेत्रको विकासका लागि पनि नयाँ नयाँ लगानीको आवश्यक रहेकाले व्यवसायलाई नाफामुलक भन्दा पहिचान मुलक बनाउन समेत आग्रह गरे ।

गत वर्ष नै सञ्चालन गरिने उद्देश्यले निर्माणको क्रममा रहेको पार्टी प्यालेस विश्वव्यापी महामारी कोभिडका कारण सञ्चालनमा आउन सकेको थिएन । प्यालेस सञ्चालनपछि दर्जन बढीले रोजगार पाउनेछन । पार्टी प्यालेसमा वातानुकुलित एक हजार अट्ने सभाहल, २ वटा साना हल, क्याटरिङ, विवाह तथा अन्य कार्यक्रमका लागि ३ वटा रुम, फ्रि वाईफाई, गुणस्तरीय सेवा, पारिवारिक वातावरणसहितका सेवा सुविधाहरु रहने सञ्चालक मोहम्मद सलिमले बताए ।

‘भैरहवाको मुख्य बजारमा ठूूला सभा, सम्मेलन तथा विवाह, ब्रतबन्ध लगायतको लागि अन्यत्रै जानुपर्ने बाध्यता थियो, सोही बाध्यतालाई मध्यनजर गर्दै आधुनिक सुविधासहितको पार्टी प्यालेस संचालनमा ल्याएसँगै बाहिर जानुपर्ने बाध्यता हटेको छ, ’सञ्चालक सन्दिप पौेडेलले भने ।

पार्टी प्यालेसका सञ्चालक शमसाद अहमदको अध्यक्षता, मोहम्मद उमरको स्वागत तथा शंकर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

DSC01619.JPG