२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

रुपन्देहीमा साढे ५ लाख बढीको अवैध सामान बरामद

शुक्रवार , कार्तिक २६, २०७८

भैरहवा, २६ कात्तिक । 
रुपन्देही प्रहरीले साढे ५ लाख बढीको अवैध सामान बरामद गरेको छ । कात्तिक १७ देखि २६ गतेसम्म विभिन्न स्थानबाट ५ लाख ८३ हजार २ सय ४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहत विभिन्न प्रहरी इकाईहरुले अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय भैरहवा पठाइएको डीएसपी थापाले जानकारी दिए । ‘भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएका सामानहरु बरामद गरिएको हो, ’उनले भने ।

डीएसपी थापाकाअनुसार सम्मरीमाई गाउँपालिका–२ मुडिला, बुटवल उपमहानगरपालिका–११ योगिकुटी, लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदह, तिलोत्तमा नगरपालिका– १ चप्पर भट्टी, .रुपन्देही सि.न.पा.१ का बाईपास, लुम्बिनी सांस्कृतिक नगरपालिका–१० र मायादेवी गाउँपालिका–६ भन्सारचोकबाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।  

बरामद गरिएको सामानहरुमा कपडा, ढोकाको पर्दा, बेड तन्ना, सिरकको खोल, रेडबुल, पाडा, चिनी,  भाडा, ईलेक्ट्रिक मेशिन, बक्रम, ब्रोइलर कुखुरा लगायत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।