२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पहिरोप्रभावितलाई राहत वितरण

आइतवार , आश्विन १८, २०७७

बुटवल, १८ असोज । 
लायन्स क्लब अफ बुटवल, लायनेश क्लब अफ बुटवल र लियो क्लब बुटवलको संयुक्त आयोजनामा पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबले गत हप्ता पहिरो गएर घरबिहिन भएका १५ परिवारलाई १ महिनालाई पुग्ने खाद्यान्न वितरण गरेको जनाएको छ ।

कार्यक्रममा प्रतिपरिवार चामल १ कट्टा, २ केजी दाल, २ लिटर तेल, ४ पोका सोयाबोडी, १ केजी नुन र १ काटुन चाउचाउ वितरण गरिएको लायन्स क्लब बुटवलका अध्यक्ष संजय जयसवालले बताए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बी २ नेपाल का पूर्व गर्भनर एम.जे.एफ महेन्द्र नारायण श्रेष्ठ, लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक कोडिनेटर तथा डिजास्टर रिसक्यू एण्ड रिलिप चिफ एम.जे.एफ अर्जुनमान सैजु, तिनाउँ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, लियो क्लब बुटवलका अध्यक्ष हिमाल भुसाल लगायतले बोलेका थिए । अब चाँडौ आँखा परीक्षण तथा स्वास्थ्य शिविर पनि राखिने कार्यक्रमका संयोजक महेश प्रसाद श्रेष्ठले बताए । क्लबका प्रथम उपाध्यक्ष लोक प्रसाद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।