
सोमवार , कार्तिक २९, २०७८
भैरहवा, २९ कात्तिक ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजन तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा निकासीकर्ता उद्योगीहरुलाई लक्षित गरी उत्पत्ति प्रमाणपत्र जारी सम्बन्धि अनलाइन प्रक्रियाबारे दुईदिने तालिम भैरहवामा सुरु भएको छ ।
निकासीकर्ता उद्योगहरुलाई समयअनुसार आवश्यक रहेको अनलाईन प्रक्रियाबारे जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघसंग समन्वय गरी तालिम प्रदान गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघ कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
तालिममा निकासी गर्ने उद्योगकोतर्फबाट उत्पत्ति प्रमाणपत्र हेर्ने करिब २० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । संघका वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यको स्वागत तथा कार्यकारी उपसचिव खगेन्द्र शर्माको सञ्चालनमा भएको समुद्घाटन कार्यक्रममा संघका पदााधिकारी, कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिममा प्रशिक्षकको भुमिका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत तथा इञ्जिनियर मिलब श्रेष्ठले निर्वाह गरेका थिए । नेपाल सरकारको नेपाल एकद्धार प्रणाली अन्तर्गत तेस्रो मुलुक निकासी प्रक्रियालाई सहज बनाउने उद्देश्य अनुरुप तालिम प्रदान गरिएको श्रेष्ठले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij