
मंगलवार , कार्तिक ३०, २०७८
बुटवल, ३० कात्तिक ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अधिवेशनवाट नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । बुटवलमा भएको महासंघको प्रदेश अघिवेशनबाट पुनः नेत्र प्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख आतिथ्यता र महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको विशिष्ट आतिथ्यतामा भएको अधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीका अनुसार प्रदेश समिति र प्रदेश महिला उद्यमी समिति सर्वसम्मतिमा चयन भएको हो । जस अनुसार महासंघको वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद अधिकारी (रुपन्देही), उपाध्यक्षमा उमानाथ पोख्रेल (नवलपरासी), महासचिवमा जयश्वर पौडेल (बाँके), कोषाध्यक्षमा लक्ष्मण बेल्वासे (कपिलवस्तु) रहेका छन् ।
त्यसै गरी महासंघका प्रदेश कार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम (गुल्मी), डिल्लीराम बस्याल (पाल्पा), जित बहादुर महरा (रोल्पा), दोणराज सुवेदी (कपिलवस्तु,) विनता पोख्रेल (नवलपरासी), संजिव गहतराज (कपिलवस्तु), धनसिंह वली (बाँके), सतिश कुमार अधिकारी (बाँके) रहेका छन् ।
त्यसै गरी महिला उद्यमी समितिको अध्यक्षमा शान्ति शर्मा, वरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पार्वती अधिकारी र कोषाध्यक्षमा मेनकला सिंह रहेका छन् । सदस्यहरुमा शान्ति पौडेल, अनिषा केसी, सुनिता राणा, हिरा घले र मुना पाण्डे रहेका छन् । नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई महासंघका केन्द्रिय अध्यक्ष श्याम गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij