२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

तथ्यांक व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रम

मंगलवार , कार्तिक ३०, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ३० कात्तिक ।
    मानवबेचविखन तथा ओसारपसारसंग सम्बन्धीत तथ्यांक व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रम मंगलबार भैरहवामा सम्पन्न भएको छ । 

    सिद्धार्थनगर नगरपालिकाको आयोजना र माइती नेपालको सहयोगमा भएको कार्यक्रममा माइती नेपालका भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् । उनले तथ्यांक भनेको के हो यसको महत्वका बारेमा जानकारी गराउँदै बहस पैरवी र वकालत गर्न दिशानिर्देश गर्न यसले सहयोग पुर्याउने बताइन् । निकट भविष्यमा सिद्धार्थनगर र परियोजनाको कार्य क्षेत्रमा सफ्टवेयर जडान गरी काम सुरु गर्ने उनले बताइन् ।

    नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडा अध्यक्षहरु, वडा सचिव, नगरपालिकाका शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । नगरपालिकाका शिक्षा शाखा अधिकृत जानवी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।