images

शुक्रवार, चैत्र १६ गते २०८०

मणिग्राममा करसम्बन्धी अन्तरक्रिया 

मणिग्राममा करसम्बन्धी अन्तरक्रिया 

images
images
images
सोमवार, मंसिर ६ २०७८
सोमवार, मंसिर ६ २०७८
  • मणिग्राममा करसम्बन्धी अन्तरक्रिया 

    तिलोत्तमा, ६ मंसिर ।  
    करदाता र आन्तरिक राजस्व कार्यालयको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । तिलोत्तमा चेम्वर अफ कमर्सको आयोजना  र आन्तरिक राजस्व कार्यालय भैरहवाको समन्वयमा मणिग्राममा भएको दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०७८ को अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै सहभागीहरुले करका समस्या समाधान गर्नअ ापसी सहकार्य जरुरी रहेकोमा जोड दिए ।  

    images
    images
    images

    तिलोत्तमा नगरपालिका–५ का वडाअध्यक्ष चेतनारायण भण्डारीले उद्योगी व्यवसायीहरुमा करको बारेमा आवश्यक ज्ञान अभावमा जरिवाना तिर्न बाध्य भएकाले करदाता शिक्षा बढाउनुपर्ने बताए । 

    कार्यक्रममा तिलोत्तमा चेम्वर अफ कमर्सका पुर्व अध्यक्ष झविन्द्र प्रसाद कंडेलले व्यवसायीहरुले अनिवार्य तिर्नुपर्ने करका बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कर अधिकृत जगुलाल खरालले वजेटपछि आउने आर्थिक ऐनहरु अध्ययन गरेर काम गर्नुपर्ने सुझाव दिए । अर्का कर अधिकृत रामहरी मरासिनीले पहुंचमा भएका व्यवसायी भन्दा पनि साना व्यवसायीलाई कसरी माथि उठाउन सकिन्छ भनेर आन्तरीक राजस्व कार्यालयले अवको कार्ययोजना अगाडि सार्ने बताए । 

    तिलोत्तमा चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष रामचन्द्र पाण्डेले व्यवसायीलाई करका विषयमा जानकारी गरउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij