images

बिहिवार, बैशाख १३ गते २०८१

‘कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्छ’

‘कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्छ’

images
images
images
मंगलवार, मंसिर ७ २०७८
मंगलवार, मंसिर ७ २०७८
  • ‘कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्छ’


    भैरहवा, ७ मंसिर ।
    मंसिर १ गतेदेखि सुरु भएको दशौं राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ मंगलबार समापन भएको छ । ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ मनाइएको कर सप्ताह मंगलबार एक कार्यक्रमकाबीच समापन भएको हो ।

    images

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय, भैरहवाको संयोजनमा मंगलबार भैरहवामा भएको कर सप्ताह समापन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्ने बताए । उनीहरुले कर तिर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले विभिन्न संघ–संस्थासंग सहकार्य गर्दै कर सप्ताह मनाइएको बताए । उनले कर छलीलाई छुट नहुने बताए । आचार्यले कानून भन्दा बाहिर गएर स्वविवेकले कार्य नहुने बताए । 
    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले करले देश चल्ने र मुलुकको विकास हुने बताए । उनले करका नीति सबैले नबुझेका कारण विभिन्न कार्यक्रममार्फत बुझाउनुपर्ने बताए ।  उनले सबै व्यवसायीलाई करको दायरामा ल्याउन सके राज्यले लिएको उद्देश्य पुरा हुने बताए ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष गणेश प्रसाद अधिकारीले भने, द्व‘कर तिरेका छौं, यसमा खुसी छौं ।’ उनले कर नतिर्नेलाई करको दायरामा ल्याउन आग्रह गरे ।

    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कर सप्ताहबाहेक अन्य समयमा पनि करसम्बन्धी कार्यक्रम गर्नुपर्ने बताए । उनले कर सप्ताहमा विभिन्न कुरा सिक्न÷सिकाउन पाइएको बताए ।

    चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका सदस्य खिम बहादुर खत्री, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) रुपन्देहीका अध्यक्ष शिवहरि शर्मा लगायतले बोल्दै कर सप्ताहले उद्योगी व्यवसायीलाई उत्साहित बनाएको बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij