२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

प्याब्सन सिद्धार्थनगरको आयोजनामा हस्तलेखन प्रतियोगिता 

आइतवार , मंसिर १२, २०७८

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • भैरहवा, १२ मंसिर ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सिद्घार्थनगरको आयोजनामा हस्तलेखन (ह्याण्ड राईटिङ) प्रतियोगिता सम्पन्न भएको छ । नेपाल नालन्दा मा.वि.मा सम्पन्न प्रतियोगितामा सिद्घार्थनगरमा सञ्चालित निजी तथा आवासीय विद्यालयका कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए  ।  

    प्रतियोगितामा सन शाइनकी छात्रा जेनिफर गर्ग आचार्य प्रथम, जेसीज हाई स्कूलका छात्र सोहन पछाई द्वितीय, वृहस्पति हाई स्कूलकी छात्रा एनिशा थापा तृतीय र युनिभर्सल पब्लिक हाई स्कूलकी छात्रा ममता साहनी सान्त्वना भएको कार्यक्रम संयोजक युवराज पोख्रेलले जानकारी दिए ।

    कार्यक्रमका प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेश सदस्य महेश भुर्तेलले प्याब्सन सिद्घार्थनगरले विद्यार्थीहरुको हस्तलेखन कला राम्रो बनाउन प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय रहेको बताए । उनले विजयी विद्यार्थीहरुलाई पुरस्कार एवं बधाई दिँदै विद्यार्थीहरुले प्रत्येक क्रियाकलापमा सक्रीय सहभागिता जनाउनुपर्नेमा जोड दिए । प्रतियोगितामा भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक कौशलराज गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    प्याब्सन सिद्घार्थनगरका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता, प्याब्सन लुम्बिनी प्रदेश सदस्य महेश भुर्तेलको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक युवराज पोखे्रलको स्वागत तथा सचिव राजेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्याब्सन सिद्धार्थनगरमा आबद्घ प्रिन्सिपल एवं विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।