images

बिहिवार, बैशाख १३ गते २०८१

बुटवलको राममन्दिर लाइनमा ‘नो पार्किङ’ बोर्ड

बुटवलको राममन्दिर लाइनमा ‘नो पार्किङ’ बोर्ड

images
images
images
मंगलवार, मंसिर १४ २०७८
मंगलवार, मंसिर १४ २०७८
  • बुटवलको राममन्दिर लाइनमा ‘नो पार्किङ’ बोर्ड

    बुटवल, १४ मंसिर । 
    उद्योग व्यापार संघ बुटवलले बुटवलको राममन्दिर लाइनमा ट्राफिक बोर्ड राखेको छ । बजार क्षेत्रमा सवारीसाधन जथाभावी पार्किङ गर्ने समस्याले व्यवसायमा असर परेको भन्दै संघले ‘नो पार्किङ’ लेखिएका २५ वटा बोर्ड सो क्षेत्रमा राखेको हो । 

    images

    मंगलबार एक कार्यक्रमबीच उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरेले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणलाई ट्राफिक बोर्ड हस्तान्तरण गरेका हुन् । 

    सो अवसरमा बोल्दै अध्यक्ष गैरेले सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक व्यवस्थापनमा सहजता पुर्याउन ट्राफिक प्रहरीसंग सहकार्य गरिएको बताए । डीएसपी खाँणले संघले गरेको कामको सराहना गर्दै ट्राफिक व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विष्णु पाण्डे, महासचिव मदम जीसीले पनि आफ्ना धारणा राखेका थिए ।    

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij