images

बिहिवार, बैशाख १३ गते २०८१

एनआईसीद्वारा दुर्घटना बीमावापत १० लाख रुपैयाँ हस्तान्तरण

एनआईसीद्वारा दुर्घटना बीमावापत १० लाख रुपैयाँ हस्तान्तरण

images
images
images
मंगलवार, मंसिर १४ २०७८
मंगलवार, मंसिर १४ २०७८
  • एनआईसीद्वारा दुर्घटना बीमावापत १० लाख रुपैयाँ हस्तान्तरण

    बुटवल, १४ मंसिर ।
    एनआईसी एशिया बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयले दुर्घटना बीमा बापतको १० लाख रकम मंगलबार नवलपरासीकी मीना अर्याललाई हस्तान्तरण गरेको छ ।

    images

    न्यू सुपर चमत्कारिक बचत खाता अन्तर्गत चौराहा हस्पिटल बुटवलमा शुन्य मौजदातमा कर्मचारी तलब बचत खाता खोलेका रवि गौतमको दुर्घटनामा निधन भएपछि बीमा वापतको रकम उनकी श्रीमती रामग्राम–३ नवलपरासी निवासी मीनालाई हस्तान्तरण गरिएको हो ।

    एनआईसी एशिया बैंक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले बीमा वापतको १० लाख रुपैयाँको चेक एक समारोहकाबीच प्रदान गरेका हुन् । चेक हस्तान्तरण गर्दै कार्कीले आम सर्वसाधारणले आर्थिक भार बहन गर्न सघाउ पुर्याउने उद्देश्यले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै दुर्घटना बीमा लगायत विभिन्न घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको बताए ।

    चौराहा हस्पिटलमा एचआर विभागको प्रमुखको रुपमा कार्यरत गौतमको एक वर्षअघि रुपन्देहीमै स्कुटर दुर्घटनामा परी निधन भएको थियो । चौराहा हस्पिटलले आफ्ना कर्मचारीहरुको तलब बचत खाता एनआईसी एशिया बैंकमा खोलेको छ । कार्यक्रममा हस्पिटलका अध्यक्ष सुदन ज्ञवालीले दुःखमा एनआईसीले दिएको साथले आर्थिक व्ययभारलाई कम गर्न सहयोग पुग्ने बताउँदै बैंकको यो योजना अत्यन्तै उत्कृष्ट रहेको बताए ।

    बैंकले औषधि उपचार बीमा अन्तर्गत महेश्वर लम्साललाई एकलाख १५ हजार ५२० र श्यामकला पंगेनीलाई ४६ हजार ५५० रुपैयाँ पनि प्रदान गरेको छ ।

    २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरूमार्फत बैंकले ग्राहकलाई सेवा दिंदै आएको छ ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij