images

शुक्रवार, बैशाख १४ गते २०८१

रुपन्देहीमा साढे ५ लाख बढीको अवैध सामान बरामद

रुपन्देहीमा साढे ५ लाख बढीको अवैध सामान बरामद

images
images
images
मंगलवार, मंसिर १४ २०७८
मंगलवार, मंसिर १४ २०७८
  • रुपन्देहीमा साढे ५ लाख बढीको अवैध सामान बरामद

    भैरहवा, १४ मंसिर ।
    रुपन्देहीमा साढे ५ लाख बढीको अवैध सामान बरामद गरिएको छ । रुपन्देही प्रहरीले ५ लाख ६६ हजार ८ सय ६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय तथा कार्यालयमातहत प्रहरी ईकाईहरुले आ–आफ्नो वडा एरियाहरुबाट अवैध माल–सामानहरु फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

    वडा प्रहरी कार्यालय भैरहवा, ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरी भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाईन कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको डीएसपी पौडेलले जानकारी दिए । सिद्धार्थनगर नगरपालिका ८ स्थित हनुमानचोक, लुम्बिनी सांस्कृतिक नगरपालिका १० स्थित पिपरपतिया र कोटहीमाई गाउँपालिका–३ स्थित मदनपुरबाट अवैध सामान बरामद गरिएको उनले बताए ।

    बरामद गरिएको सामानहरुमा पापड, ब्रस, काजु, धारा, गिजर, स्टिल र्याक, पाइप, सकेट, गेटबल, स्टिल वासर, सुईटर, हुक्का फ्यवर, साडी, मिक्स अचार, चिनी, सल, मोजा, ट्राउजर, सुरुवाल, ट्याकसुट, हाईनेक, सिरानीको खोल, बलाङकेट, च्यादर, पर्दा, सिरकको खोल, तन्ना, कप सेट, ब्रोईलर कुखुरा, अवैध सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।




    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij