२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

राममणि बहुमुखी क्याम्पसमा नेविसंघद्वारा संगठन विस्तार

बिहिवार , मंसिर १६, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १६ मंसिर ।
    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा संगठन विस्तार गरेको छ । नेविसंघले व्यवस्थापन, शिक्षा र मानविकी संकाय अन्तर्गत प्रथम वर्षमा संगठन विस्तार गरेको हो । 

    नेविसंघ मुल इकाई समिति राममणि बहुमुखी क्याम्पसका सभापति चिरिञ्जीवि बस्याल, उपसभापति कमल पराजुली, विद्यार्थी नेताहरु सागर विश्वकर्मा, किसन डुम्रे, विमल थापा क्षेत्री, विराज मानन्धर लगायतको उपस्थितिमा संगठन विस्तार गरिएको विद्यार्थी नेता अश्विन शर्माले बताए ।