images

शुक्रवार, बैशाख १४ गते २०८१

ग्लोबल आइएमइद्वारा वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमइद्वारा वित्तीय साक्षरता कार्यक्रम

images
images
images
शुक्रवार, मंसिर १७ २०७८
शुक्रवार, मंसिर १७ २०७८
  • ग्लोबल आइएमइद्वारा वित्तीय साक्षरता कार्यक्रम

    बुटवल, १७ मंसिर । 
    ग्राहकहरुलाई डिजिटल बैंकिङ सेवातर्फ आर्कषित गराउने उद्देश्यका साथ ग्लोबल आइएमइ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई वित्तीय साक्षरता तथा डिजिटल  बैंकिङसम्बन्धी  प्रशिक्षण प्रदान गरेको छ ।

    images

    बुटवलको मिलनचोक र चौराहा शाखाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी बुटवलको सिद्धार्थ कटेजमा आफ्नो ग्राहकहरुलाई बिहीबार उक्त प्रशिक्षण प्रदान गरेका हुन् । ।

    कार्यक्रममा बैंककी रेमिट्यान्स विभाग प्रमुख स्वेच्छा राणाले प्रशिक्षण प्रदान गरेकी थिइन् । सो क्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न डिजिटल सेवाहरु कसरी प्रयोग कसरी गर्ने उक्त सेवाहरुबाट हुने सुविधा तथा जोखिमका बारेमा प्रयोगात्मक रुपममै प्रशिक्षण गराइएको थियो । 

    मिस्डकल बैंकिङको माध्यमबाट खातामा रहेको रकम चेक गर्ने, मोबाइलमा तुरुन्तै रिचार्ज गर्नै जस्ता सेवाहरु प्रशिक्षण गराइएको थियो । कार्यक्रमको स्वागत शाखा व्यवस्थापक डम्बर ठकुरीले गरेका थिए ।

    बैंकले देशभरका सबै ग्राहकहरुमाझ डिजिटल सेवाको पहुँचताका साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । जसअन्तर्गत लुम्बिनी प्रदेशमा सोमबारदेखि यो अभियान सञ्चालन भइरहेको हो । बिहीबार बुटवलको मिलनचोक र गोलपार्कमा दुई स्थानमा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij