२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

रिलायन्सद्वारा रक्तदान 

शुक्रवार , मंसिर १७, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, १७ मंसिर । 
    रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा क्षेत्रीय कार्यालय बुटवलद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    रक्त संचार कार्यालय बुटवलमा भएको कार्यक्रमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति धनपति खनालले रक्तदान जीवनदान भएकाले समय पुगेका सबैले समयमै नियमित रक्तदान गरेर जीवन बचाउने कार्यमा अग्रसर हुन सबैलाई आग्रह गरे ।  रिलायन्स लाईफले समय समयमा सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तै विविध समाजिक कार्यहरु गर्दै आइरहेको भन्दै यस कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

    उक्त कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक इन्द्र विश्वकर्माले प्रत्येक वार्षिक उत्सवमा रक्तदान गर्दै आएको जानकारी गराउँदै रिलायन्स लाईफले सामाजिक कार्यसंगै जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । रक्तदान गर्न आएका सबै रक्तदाताहरुलाई धन्यवाद दिंदै निरन्तर रुपमा रक्तदान गर्न आग्रह गरे ।

    उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा शाखा प्रवन्धकहरु, सिनियर एजेन्सी म्यानेजरहरु, एजेन्सी तथा रिलायन्स साथीहरुको उपस्थिति रहेको शाखा प्रबन्धक प्रेम प्रसाद आचार्यले बताए ।