२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

बुटवलमा ‘गार्डेन मार्ट’ को १५ औं शाखा सञ्चालनमा

शनिवार , मंसिर १८, २०७८

बुटवल, १८ मंसिर । 
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशको व्यवसायिक हब र औद्योगिक नगरका रुपमा चर्चित बुटवलको योगिकुटी चोकमा सहकारीले आफनो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो ।

शनिबार एक कार्यक्रमकावीच लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले मार्ट सञ्चालनको शुभारम्भ गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हमालले प्रतिष्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै यस्ता मार्टको सञ्चालनले स्थानीय उपभोक्तालाई धेरै फाइदा पुग्ने बताए ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार बुटवलमा सञ्चालनमा आएको यो गार्डेन मार्टको १५ औं शाखा हो । यसअघि सहकारीले डडेलधुरा, भक्तपुरको कमल विनायक, किर्तिपुर, लतिलपुरको ठैब, मकवानपुरको हेटौडा, चितवनको टाँडी, पोखरा, बाग्लुङ, दाङको तुल्सीपुर, बाँकेको नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, झापाको दमक र उदयपुरको गाइघाटमा गार्डेन मार्ट सञ्चालनमा ल्याइसकेको छ ।

भक्तपुरको कौशलटारमा मुख्य शाखा कार्यालय रहेको यो सहकारी संस्थाले आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन गार्डेन मार्ट सञ्चालनको अवधारणा ल्याएको हो ।

उपभोक्ताले एउटै छानामूनी आधुनिक किनमेलको अनुभव पाउन भनेर हामीले गार्डेन मार्ट सञ्चालनमा ल्याएको बताउँदै कार्यकारी अधिकृत गौतमले भने-‘हाम्रो मार्टमा उपभोक्ताले सूलभ मूल्यमा दैनिक उपभोग्य वस्तु किनमेल गर्न पाउनेछन् ।’

कार्यकारी अधिकृत गौतमका अनुसार मार्टमा उपभोक्ताले उपकार ब्राण्डका चामल, दाल, चियापत्ति, चकलेट, ध्यू, मह लगायतका दैनिक उपभोग्य सामग्री, विद्युतीय सामग्री, लत्ता कपडा, श्रृंगारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्री विक्रीका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा विशेष छुट समेत व्यवस्था गरेको कार्यकारी अधिकृत गौतमले बताए ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफना शेयर सदस्यको हितका लागि विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । यो सहकारीले मुलुकभर ६ सय ७५ व्यक्तिलाई प्रत्यक्ष रोजगारीको दिएको छ ।