आइतवार , मंसिर १९, २०७८
भैरहवा, १९ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । यसबीच अखिल (क्रान्तिकारी)ले आइतबार व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह बी.बी.एस. प्रथम वर्षतर्फ अंग्रेजी माध्यम (बी र सी) सेक्सनमा संगठन विस्तार गरेको हो ।
रोजिनमान सिंहको अध्यक्षतामा ३४ सदस्यीय कक्षा इकाई समिति गठन गरिएको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए । समितिको उपाध्यक्षमा सुर्यनाथ धवल, रितु यादव, सचिवमा माधवी अधिकारी, सह-सचिवमा साक्षी क्षेत्री, अस्फाक अहमद, कोषाध्यक्षमा सुरक्षा रामदाम, सह–कोषाध्यक्षमा सुस्मा चौधरी र विनिता पाण्डे रहेका छन् ।
त्यस्तै सदस्यमा अमिर खान, दिपक पाण्डे, आशिष न्यौपाने, रमेश यादव, सिर्जना शेरचन, बन्धना यादव, सुनिता जि.सी., सन्देश सुनार, राहुल सापकोटा, प्रमिस पन्थी, नाजिमा खातुन, ज्योती भट्ट, महिमा पाण्डे, अर्चना चौधरी, प्रियम पाण्डे, रञ्जना चौधरी, अनुपा मल्ल, अनिता केवट, कविता चौधरी, आकाश मुराउ, अक्षय कुमार सहानी, सर्वजित यादव, रोहिनी बढई, नेहा कुमारी चौधरी, अन्जु कुमारी चौधरी, सुमन कुमारी चौधरी, मनिषा पटेल, वैशाली शर्मा, अंकिता घले, राहुल मिश्र, सिद्धार्थ चौधरी, गोविन्द बानिया, आशिका भट्टराई र अन्सिका श्रेष्ठ रहेका छन् ।
यसअघि बी.बी.एस. प्रथम वर्ष अंग्रेजी माध्यम र नेपाली माध्यममा संगठन विस्तार गरिसकिएको अखिल (क्रान्तिकारी)भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिका सचिव विनोद घिमिरेले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij