२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

रुपन्देहीमा १८ लाख बराबरको अवैध जुत्ता बरामद

आइतवार , मंसिर १९, २०७८

भैरहवा, १८ मंसिर ।
रुपन्देही प्रहरीले १८ लाख मूल्य बराबरको अवैध जुत्ता बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले प्रहरीले आइतबार बिहान साढे ६ बजे बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउपुलबाट उक्त सामान बरामद गरेको हो । 

रुपन्देहीको सैनामैना नगरापालिका–४ स्थित मुर्गियाका ३२ बर्षिय विष्णु थारुले कपिलवस्तुबाट बुटवलको चलाइआएको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जिप रोकेर चेकजाँच गर्ने क्रममा उक्त अवैध जुत्ता फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।  

जीप भित्र अवैध रुपमा ल्याउँदै गरेको एअर, बाटा लगायत विभिन्न कम्पनीका २५ कार्टुन (जोर) जुता फेला पारी चालक समेतलाई नियन्त्रणमा लिई पिकअप, जुत्ता र चालकलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी पौडेलले जानकारी दिए ।