२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

राजनीतिसंगै ड्रागन फ्रुट खेतीमा रमाउदै गुरुङ

बुधवार , आश्विन २१, २०७७

  • 7.9K
    Shares
  • 7.9K
    Shares
  • प्युठान । प्यूठानको सरुमारानी–२ दर्भान निबासी नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य केशरबहादुर गुरुङको अधिकांश समय कृषि कर्ममा बित्छ । ६२ बर्षिय गुरुङ राजनीतिसँगै कृषि पेशामा रमाएका कारण अधिकांश समय आफ्नै बारीमा बिताउछन् । 

    दर्भानमा २० रोपनी र दाङको लालमटियामा एक बिगाह जग्गा भाडामा लिएर  उनी कृषिमा रमाएका छन् । उनले उक्त जग्गामा ड्रागन फ्रुट, अम्बा र वयर खेती गरेका छन् । पार्टीका महत्वपूर्ण कामबाहेकको समय कृषिमा बिताउने गरेको उनको भनाई छ । 
    ‘अब सबै नागरिक तथा राजनीतिकर्मी उत्पादनसँग जोडिनुपर्छ’ गुरुङले भने, ‘नेताले समृद्ध हुने बाटो पनि देखाउनु पर्छ भनेर राजनीतिसंगै कृषि कर्ममा लागेको हुँ ।’

    उनले दुई ठाउँमा गरी १२ सय ड्रागन फ्रुट सहत अम्बा र बयरका बिरुवा लगाएका छन् । व्यवसायमा ३ जनाले २५ लाख रुपिँया लगानी गरेको गुरुङले बताए । ‘विसं २०७६ असारबाट यो खेती शुरु गरेका हौं’ उनले भने, ‘यहि साउनबाट फल दिन थालेको छ, २ क्विन्टल फ्रुट बेचिसकियो ।’गुरुङका अनुसार ड्रागन फ्रुट भारतको गुजरात, अम्बा तामिलनाडु र वयरको बेर्ना कलकत्ताबाट किनेर ल्याइएको हो।

    Dragan.jpg

    उत्पादित फ्रुट प्यूठानसँगै रोल्पा, वुटवल, काठमाडौंसम्म गइरहेको छ । बजारमा रातोलाई प्रति केजी ८ सय र सेतोलाई प्रतिकेजी ७ सय रुपिँयामा विक्रि गर्दै आएको उनले उल्ल्ेख गरे । गुरुङले गरेको ड्रागन फलको खेती जिल्लामा नै पहिलो हो । उनले दर्भानमा आप, लिची, भुईकटर लगाएत खेती समेत गर्दै आएको बताए ।