
आइतवार , मंसिर १९, २०७८
भैरहवा, १९ मंसिर ।
सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपदेहीको २ सय १५ औं नियमित मासिक साहित्यिक संगम सम्पन्न भएको छ । नियमित मासिक साहित्यिक संगम तथा बाग्लुङ जिल्लाका कवि काजी रोशनको कृति मेरा हरपलको समीक्षा समेत गरिएको छ ।
कार्यक्रमको बोल्दै प्रमुख अतिथि कवि काजी रोशनले साहित्य सम्बद्र्धनका लागि निरन्तर लागिरहने बताए । ‘म नेपाली साहित्यको विकास र उत्थानका लागि स्रष्टाहरुलाई सक्रिय बनाउने देखि नयाँ संस्थाहरुलाई साहित्यिक कार्यक्रम गर्नका लागि उत्प्रेरणा दिइरहेको छु ’साहित्यकार काजी रोशनले भने ।
सिसासका अध्यक्ष शशि पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि डाक्टर श्यामप्रसाद न्यौपानेले स्रष्टाहरुले कृति निकाल्ने काम जारी राख्नु पर्ने बताउँदै कमिकमजोरी सुधार्दै जानुपर्ने बताए ।
काजी रोशनको कृति मेरा हरपलको समीक्षा गर्दै साहित्यकार विजय सागरले धवला गिरी साहित्य प्रतिष्ठान जस्तो संस्थाको स्थापनाद्धारा काजी रोशन जस्ता साहित्यकारले नेपाली साहित्य क्षेत्रमा योगदानको प्रशंसा उच्च भएको बताए ।
नियमित मासिक साहित्यक संगममा साहित्यकारहरु रुद्र ज्ञवाली, वनमाली निराकार, रमेश समर्थन, राम बहादुर श्रेष्ठ, सीता काफ्ले, भविश्वर पराजुली, तिलक लामिछाने, छवि ज्ञवाली, हिरालाल धामी, सिर्जना खनाल, सरु ज्ञवाली, घनश्याम विश्वकर्मा लगायतले गीत, कविता, हाइकु, लघुकथा, मुक्तक, गजल वाचन गरेका थिए ।
सिसासका उपाध्यक्ष कमल पोख्रेलको स्वागत मन्तव्य तथा सह–सचिव विष्णुप्रसाद गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij