२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

गौरवान्दित सहकारीको अध्यक्षमा अधिकारी 

सोमवार , मंसिर २०, २०७८

भैरहवा, २० मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित गौरवान्दित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा लक्ष्मी प्रसाद अधिकारी निर्वाचित भएका छन् ।

भैरहवामा सम्पन्न बाह्रौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अधिकारी सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा भरतकाजी के.सी., सचिवमा दुर्गा बहादुर कुँवर र कोषाध्यक्ष रमेश शर्मा निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरुमा मेखवहादुर कँडेल, देवी कुमारी गुरुङ, उमा घिमिरे, गिरवहादुर के.सी. र दलवहादुर कुँवर रहेका छन् । त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा डोरवहादुर खत्री चयन भएका छन भने सदस्यमा केन्द्र प्रसाद श्रेष्ठ र चन्द्र रोका चयन भएका छन ।