२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

सिद्धार्थनगर सिटी हस्पिटलमा ५० प्रतिशत छुटमा होलवोडी चेकअप प्याकेजको सेवा थप 

सोमवार , मंसिर २०, २०७८

भैरहवा, २० मंसिर ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. लुम्बिनीरोड भैरहवा, रुपन्देहीले ५० प्रतिशत छुटमा होलबोडी चेकअप प्याकेजको व्यवस्था गरेको छ । उक्त प्याकेज विभिन्न संघ–संस्था, बिरामीको आवश्यकता तथा आग्रहलाई मध्यनजर गर्दै अस्पतालले वुमन हेल्थ एण्ड स्क्रिनिङ प्याकेज तथा गोल्डन हेल्थ प्याकेज मंसिर २९ गतेसम्म सञ्चालन गर्ने भएको छ । 

मंसिर ९ गतेदेखि सञ्चालित होलबोडी चेकअप प्याकेज कार्यक्रमबाट अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी तथा रुपन्देहीका अधिकांश ठाउँबाट दैनिक २०/२५ जनाले सेवा लिइरहेको सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । हरेक व्यक्तिले प्रत्येक वर्ष गर्नुपर्ने हेल्थ स्क्रिनिङले रोगहरुको पहिचान गर्न सहयोग गर्ने भएकाले होलबोडी चेकअप अपरिहार्य रहेको पौडेलले बताए ।

अस्पतालमा सेवा लिन आउने मानिसहरुमा थाईराईड, सुगर, युरिक एसिड, मृगौलासम्बन्धी रोग तथा पत्थरी लगायतका समस्याको पहिचान भएको डा. संजय प्रसाद शाहले बताए ।

त्यसै गरी महिलाहरुमा लुकेर रहेका समस्याको पहिचान तथा स्वच्छ सफा वातावरणमा बच्चा जन्माउन खोज्ने समूहलाई लक्षित गरी अत्याधुनिक मेसिन, अनुभवी डाक्टर तथा नर्सहरुबाट सुरक्षित प्रसुति सेवा, अनुभवी बाल रोग विशेषज्ञ डाक्टरद्वारा एनआइसीयू सेवा सञ्चालनमा रहेको महिला तथा प्रसुति रोग विशेषज्ञ डा. ज्योति रानाले बताइन् । उनले महिलामा हुने पाठेघरको क्यान्सर, स्तन क्यान्सर पनि पहिचान गर्न अहिले सञ्चालन भइरहेको महिला रोग तथा क्यान्सर स्क्रिनिङ प्याकेज कार्यक्रमले सहयोग गर्ने पनि बताइन् ।

अस्पतालले न्यूनतम मुल्यमा गुणस्तरीय स्रोतसाधन प्रयोग गरी अनुभवी डाक्टरबाट सेवा सञ्चालन गरेको जनाएको छ । होल बोडी प्याकेजको लागि विशेष गरी भारतको मेदान्त, एपोलो तथा काठमाण्डौमा रहेका ठूला अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्नको लागि अस्पतालले सफा सुन्दर वातावरणमा सेवा संचालन गरेको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।
त्यस्तै मानिसको सुन्दरताको पहिचान गराउन कपालको महत्वपूर्ण भूमिका भएको मध्यनजर गर्दै कपाल प्रत्यारोपण कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले जनाएको छ ।